२६ बैशाख २०८१, बुधबार

प्रदेश नम्बर १ को मुख्यमन्त्रीमा शेरधन राई निर्वाचित


sher-dhan-Rai

२६ माघ, विराटनगर । पदेश नम्बर १ को एमाले संसदीय दलको नेतामा शेरधन राई निर्वाचित भएका छन् । केपी ओली समूहका राईले माधव नेपाल समूहका भीम आचार्यलाई पराजित गरेका हुन् ।

शुक्रबार अपरान्ह भएको निर्वाचनमा राईले २६ मत ल्याए भने निकटतम प्रतिद्वन्द्वी आचार्यले २४ मत ल्याए । एक मत भने बदर भएको थियो । संसदीय दलको नेताको चयन सो दलका प्रदेश सांसदहरुले गर्दछन् । संसदीय दलको नेता चयनसँगै राईलाई मुख्यमन्त्रीको बाटो खुलेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !