१४ बैशाख २०८१, शुक्रबार

रमेश बडालले कसरी बाजी मारे महान्यायाधिवक्ताको पद ?

रमेश बडाल नयाँ महान्यायाधिवक्तामा नियुक्त


महान्यायाधिवक्ताको पद र रमेश बडाल

काठमाडौँ । अग्नि खरेलको राजीनामाको मसी सुक्न नपाउदै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको महान्यायाधिवक्तामा अधिवक्ता रमेश बडाललाई नियुक्ति गरेका छन् । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिले बडाललाई महान्यायाधिवक्ता नियुक्त गरेको बालुवाटारस्थित स्रोतले जानकारी दिएको छ ।

उनको आइतबार सपथग्रहण राखिएको छ । निवर्तमान महान्यायधिवक्ता अग्नी खरेलले शुक्रबार दिउँसो पत्रकार सम्मेलन गर्दै राजीनामा दिएको घोषणा गरेलगत्तै सरकारले महान्यायाधिवक्तामा बडाललाई नियुक्त गरेको हो ।

सरकारको मुख्य कानुनी सल्लाहकार रहने पद हो – महान्यायाधिवक्ता । प्रतिनिधिसभा विघटनको मुद्दामा प्रधानमन्त्री ओलीको तर्फबाट बहस गरेका बडाल ओली निकट कानुन व्यवसायी मानिन्छन् ।

पछिल्लो नेकपा विवादमा कानून व्यवसायीहरू धेरैजसो प्रचण्ड-नेपालको पक्षमा उभिँदा बडालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ठुलो साथ दिएका थिए । उनी निर्वाचन आयोगमा प्रधानमन्त्री ओलीको प्रतिनिधिका रूपमा समेत जाने गरेका थिए । बडाललाई महान्यायाधिवक्ता बनाएर ओलीले त्यो गुन तिरेका छन् ।

यो पनि पढ्नुहोस्

अग्नि खरेलको राजीनामापछि नयाँ महान्यायाधिवक्तामा रमेश बडाल सिफारिस

प्रधानमन्त्री ओलीले किन हटाए महान्यायाधिवक्ता अग्नि खरेललाई ?

महान्यायाधिवक्ता अग्नि खरेलले किन अचानक दिए पदवाट राजीनामा ?

महान्यायाधिवक्ता अग्नि खरेलले किन दिदैछन राजीनामा ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !