२१ बैशाख २०८१, शुक्रबार

महान्यायाधिवक्ता अग्नि खरेलले किन दिदैछन राजीनामा ?

महान्यायाधिवक्ता पदवाट राजीनामा दिदै अग्नि खरेल


अग्निप्रसाद खरेल

काठमाडौं । महान्यायाधिवक्ता अग्नि खरेलले राजीनामा दिदै छन् । खरेलको राजीनामा स्वीकृत हुने क्रममा रहेको बुझिएको छ।

सरकारका मुख्य कानूनी सल्लाहकारका रुपमा रहेका खरेल प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्धाको बहसका क्रममा कमजोर देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओली उनीसँग असन्तुष्ट रहेका थिए ।

खरेलले दिउँसो १ बजे महान्यायाधिवक्ताको कार्यालयमा विशेष पत्रकार सम्मेलनको आयोजना गरेका छन् । महान्यायाधिवक्ता खरेल नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किने मोडमा भएको बुझिएको छ ।

उनले प्रधानमन्त्री केपी शर्मा ओली र संसदीय दलका उपनेता सुवास नेम्वाङसँग सल्लाह गरेर महान्यायाधिवक्ताको जिम्मेवारीबाट पार्टीको जिम्मेवारीमा फर्किने निर्णय गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको असंवैधानिक विघटनपछि निकै असहज महसुस गर्दै आएका खरेलले केही समयअघि राजीनामा दिन खोजेतापनि केहि कारणले रोकिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !