२१ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्री ओलीले किन हटाए महान्यायाधिवक्ता अग्नि खरेललाई ?

प्रधानमन्त्री ओलीले हटाए महान्यायाधिवक्ता अग्नि खरेललाई


केपी ओली र अग्नि खरेल

काठमाडौं । महान्यायाधिवक्ता अग्नि खरेलले राजीनामा दिएका छन् । खरेलको राजीनामा पत्र राष्ट्रपति कार्यालय पुगेको राष्ट्रपति कार्यालय स्रोतले जानकारी दिएको छ । खरेलको राजीनामा स्वीकृत हुने क्रममा रहेको बुझिएको छ ।

उनले शुक्रबार दिउँसो १ बजे पत्रकार सम्मेलन गरेर राजीनामाको घोषणा गरेका छन् । सरकारका मुख्य कानूनी सल्लाहकारका रुपमा रहेका खरेल प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्धाको बहसका क्रममा कमजोर देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओली उनीसँग असन्तुष्ट रहेका थिए ।

केही दिनअघि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई बोलाएर राजीनामा दिन दबाब दिएको स्रोतको भनाइ छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको असंवैधानिक विघटनपछि निकै असहज महसुस गर्दै आएका खरेलले केही समयअघि राजीनामा दिन खोजेतापनि केहि कारणले रोकिएको थियो ।

प्रधानमन्त्री सचिवालय स्रोतका अनुसार खरेलले राजीनामाबारे प्रधानमन्त्री केपी शर्मा ओलीलाई जानकारी गराएका हुन् । एमाले स्रोतका अनुसार उनले प्रधानमन्त्री केपी शर्मा ओली र संसदीय दलका उपनेता सुवास नेम्वाङसँग सल्लाह गरेर महान्यायाधिवक्ताको जिम्मेवारीबाट पार्टीको जिम्मेवारीमा फर्किने निर्णय गरेका हुन् ।

राजीनामा पछि अब खरेल नेकपा एमालेको केन्द्रीय समिति बैठकमा मनोनित भएर सहभागी हुने बुझिएको छ । झापाबाट खरेलले आगामी निर्वाचनका लागि समेत तयारी गर्ने स्रोतले जनायो ।

खरेलले झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचन लड्ने तयारीका लागि राजीनामा दिन लागेको बताइएको छ । वरिष्ठ अधिवक्ता समेत रहेका खरेल नेकपा एमालेबाट दुवै संविधानसभाका सदस्य थिए ।

यो पनि पढ्नुहोस्

महान्यायाधिवक्ता अग्नि खरेलले किन अचानक दिए पदवाट राजीनामा ?

महान्यायाधिवक्ता अग्नि खरेलले किन दिदैछन राजीनामा ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !