२० बैशाख २०८१, बिहिबार

ओलीलाई बामदेवले दिए धक्का : खनाल-नेपाल समूहको भेलामा वामदेव सहभागी


केपी शर्मा ओली र बामदेव गौतम

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष समेत रहेका वामदेव गौतम खनाल-नेपाल समूहको अखिल नेपाल किसान महासंघको भेलामा नेता सहभागी भएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई धक्का दिएका छन् ।

यसअघि तत्कालिन नेकपा र अहिले एमाले एकताको अभियान चलाइरहेका महासंघका अध्यक्ष समेत रहेका गौतम धोबीघाटस्थित सिद्धार्थ फुडल्याण्डमा आयोजना भइरहेको महासंघको भेलामा सहभागी भएका हुन् ।

भेलालाई सम्बोधन गर्दै उनले आफू पार्टी एकताकै पक्षमा रहेको बताउदै नेकपामा पनि आफू एकताको पक्षमा रहँदारहँदै पनि नेकपाका दुवै समूहको आँखाको तारो भएको गुनासो समेत गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !