२१ बैशाख २०८१, शुक्रबार

वामदेवको आफूनिकट समूहको एकता अभियान बैठक आज बस्दै


वामदेव गौतम

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमको आफूनिकट समूहको एकता अभियानको बोलाएका बैठक आज बस्दैछ । एकता अभियानको कार्यसम्पादन समितिको बैठक बल्खुको सिद्धिगणेश पार्टी प्यालेसमा आज मंगलबार ११ बजे बैठक बस्ने भएको हो ।

अध्यक्ष केपी शर्मा ओलीले आफू निकट नेताहरुको शुक्रबार बालुवाटारमा बसेको बैठकबाट एमालेका सवै पदाधिकारी खारेज गरेर उपाध्यक्ष गौतमको पनि जिम्मेवारी खोसेको अवस्थामा गौतमले बोलाएको बैठकलाई चासोका साथ हेरिएको छ ।

उक्त बैठकले खनाल-नेपाल समूहका नेताहरुको जिम्मेवारी खोस्दै माओवादी केन्द्रबाट एमालेमा आएका २३ जना नेतालाई केन्द्रीय समितिमा मनोनीत गरेका थिए । उनले अध्यक्ष ओलीले सबैलाई समेटेर जानुपर्ने बेलामा विधान विपरित गतिविधि गरिरहेकाले एकताका लागि कसरी काम गर्ने भन्ने विषयमा छलफल गर्न अभियानको बैठक बोलाइएको हो ।

नेकपाको एकता भंग हुनुअघि एकता अभियान चलाइरहेका गौतमले सर्वोच्च अदालतले एकता भंग गरेपछि पनि एमाले भित्रको एकता गराउने भन्दै लागि परेका छन् । विभाजित नेकपालाई एक बनाउन गौतमले अभियान चलाइरहेका बेला सर्वोच्च अदालतले भने नेकपा एमाले र माओवादी केन्द्र ब्युँताइदिएको छ ।

पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे निर्णय लिन बैठक बोलाइएको गौतम निकट नेताले बताए । गौतमले ओलीको कदमप्रति आपत्ति जनाउँदै सच्याउनुपर्ने अडान लिएका छन् ।

यो पनि पढ्नुहोस्

वामदेवले पनि बोलाए आफूनिकट समूहको बैठक, सक्लान् त गौतमले पुन: एकता गराउन एमालेलाई ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !