२१ बैशाख २०८१, शुक्रबार

एमालेमा समानान्तर कमिटी बनाउने खनाल-नेपाल पक्षको निर्णय


माधव नेपाल र झलनाथ खनाल फाइल फोटो

काठमाडौं । नेकपा (एमाले) को खनाल-नेपाल पक्षले समानान्तर कमिटी बनाउने निर्णय गरेको छ । खनाल-नेपाल पक्षको आज साँझ बसेको बैठकले माथिदेखि तलसम्म समानान्तर कमिटी बनाएर अघि बढ्ने निष्कर्ष निकालेको हो ।

नेकपा (एमाले) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय केन्द्रीय कमिटीको आज बालुवाटारमा बसेको विशेष बैठकले दशौं महाधिवेशन आगामी मंसिरमा गर्ने निर्णय गरेको छ । अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका आफ्ना सांसदलाई नाम फिर्ता लिन निर्देशन दिएको छ ।

खनाल-नेपाल पक्षले आज पार्टीको बालुवाटारमा भएको बैठकले गरेका निर्णयहरुलाई अस्वीकार गर्ने निर्णय पनि गरेको छ । अध्यक्ष ओलीले महासचिव बाहेक सबै पदाधिकारी खारेज गर्ने, आफू पक्षका नेताहरुको जिम्मेवारी खोस्ने लगायतको निर्णय गरेपछि खनाल नेपाल समूहको आकस्मिक बैठकले समानान्तर कमिटी बनाउने निर्णय गरेको हो ।

ओलीले बोलाएको केन्द्रीय समितिको विशेष बैठकले पार्टीमा नेताहरुको जिम्मेवारी हेरफेर गर्नुका साथ पूर्वमाआवादीका २३ नेतालाई केन्द्रीय समितिमा मनोनित गरेको थियो । उक्त निर्णय लगत्तै बसेको नेपाल समूहको बैठकले त्यसलाई स्वीकार नगर्ने निर्णय लिएको हो ।

चैत ४ गते राष्ट्रिय भेला गरेर समानान्तर कमिटीहरु घोषणा गर्ने निर्णय भएको स्रोतले बताएको छ । साथै शनिबार केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएर थप छलफल गर्ने समझदारी पनि भएको छ ।

यो पनि पढ्नुहोस्

भीम रावलले गर्जिदै भने, ‘ओलीले विधान मिचेर एकलौटी तवरले गरेको निर्णय अस्वीकार्य’

अविश्वास प्रस्तावबाट नाम फिर्ता लिन सांसदलाई निर्देशन, एमालेमा ७० वर्षे उमेर हद खारेज

ओलीको कदमबिरुद्ध प्रतिवाद गर्ने खनाल-नेपाल पक्षको तयारी

एमालेको महाधिवेशन आगामी मंसिरमा गर्ने निर्णय


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !