२२ बैशाख २०८१, शनिबार

ओलीको कदमबिरुद्ध प्रतिवाद गर्ने खनाल-नेपाल पक्षको तयारी


ओली, खनाल र नेपाल

काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले) ले दशौं महाधिवेशन आगामी मंसिरमा गर्ने निर्णय गरेको छ । आज बालुवाटारमा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पक्षीय केन्द्रीय कमिटीको बैठकमा छलफल गरेर महाधिवेशनको मिति तय गरेका हुन् ।

आगामी महाधिवेशन २०७८ मंसिर २ देखि ६ गतेसम्म गर्ने निर्णय भएको हो । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली पक्ष मात्रै सहभागी केन्द्रीय कमिटी बैठकले उक्त निर्णय लिएको हो ।

तर माधव नेपाल तथा झलनाथ खनाल पक्षका नेताहरूलाई जानकारी नै नदिई उक्त निर्णय भएको खनाल-नेपाल पक्षको दाबी रहेको छ । खनाल-नेपाल पक्षका एक नेताका अनुसार एमालेको केन्द्रीय कमिटी विस्तार लगायतका निर्णयप्रति आपत्ति जनाउदै उक्त कदमलाई घोर षडयन्त्र भन्दै त्यसको सशक्त प्रतिकार गरिने उनले बताएका छन् ।

ती नेताका अनुसार ओलीले अव पार्टीलाई समायोजन गरेर अघि बढ्नुपर्ने बेलामा निहुँ खोजेर आफूखुसी निर्णय गरेमा यसको प्रतिकार गर्ने बताएका छन् । सर्वोच्च अदालतको फैसलापछि एमाले फेरि एक हुने सम्भावना रहँदारहँदै ओली पेलेरै अघि बढ्न खोजेको उनले आरोप लगाएका छन् ।

नेकपाको एमालेको ओली पक्षले खनाल-नेपाल पक्षलाई बेवास्ता गरेर केन्द्रीय कमिटी विस्तारसँगै तथा विभिन्न कमिटी पुनर्गठन गरेकोले फेरि नेकपामा सानोतिनो महाभारत युद्धको शुरु हुने संकेत देखिएको छ ।

यो पनि पढ्नुहोस्

एमालेको महाधिवेशन आगामी मंसिरमा गर्ने निर्णय


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !