१४ बैशाख २०८१, शुक्रबार

भीम रावलले भने, ‘ओलीले विधान मिचेर एकलौटी तवरले गरेको निर्णय अस्वीकार्य’


भीम रावल

काठमाडौँ । नेकपा (एमाले) का वरिष्ठ नेता माधव नेपाल पक्षले पार्टी अध्यक्ष केपी शर्मा ओलीले विधान विपरीत पार्टी महाधिवेशनको मिति तोक्ने, प्रदेश इन्चार्जको चयन तथा केन्द्रीय कमिटीको विस्तार गरेको भन्दै गुनासो गरेको छ ।

एमालेका वरिष्ठ नेता नेपाल, झलनाथ खनाल लगायत नेताहरूको आज साँझ बसेको बैठकले पार्टी अध्यक्षको निर्णय वैधानिक नभएको निष्कर्ष निकालेको नेता भीमबहादुर रावलले जानकारी दिए । उनले अध्यक्षले नै विधान मिचेर गलत निर्णय गरेको भन्दै आपत्ति जनाए ।

सो समूहको बैठकपछि नेता रावलले भने, “एकलौटी तवरले गरिएको निर्णय मान्न सकिँदैन । अब कसरी अगाडि बढ्ने भन्ने विषयमा थप छलफल गर्छौँ ।” प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको केन्द्रीय कमिटीको बैठकले प्रदेश इन्चार्जको जिम्मेवारी सहित केही केन्द्रीय सदस्य थप गरेको थियो ।

यो पनि पढ्नुहोस्

अविश्वास प्रस्तावबाट नाम फिर्ता लिन सांसदलाई निर्देशन, एमालेमा ७० वर्षे उमेर हद खारेज

ओलीको कदमबिरुद्ध प्रतिवाद गर्ने खनाल-नेपाल पक्षको तयारी

एमालेको महाधिवेशन आगामी मंसिरमा गर्ने निर्णय


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !