४ जेष्ठ २०८१, शुक्रबार

२ नम्बर प्रदेशको मुख्यमन्त्रीमा राजपाको दाबी


प्रदेश नम्बर १ को मुख्य मन्त्रीमा राजपा को दावी

२० माघ, काठमाण्डौ । २ नम्बर प्रदेशको मुख्यमन्त्रीमा राष्ट्रिय जनता पार्टी नेपालले दाबी कायमै रहेको बताएको छ । अध्यक्ष मण्डलको उपस्थितिमा शनिबार बसेको प्रदेश २ को संसदीय दलको बैठक दलको नेता चयन गरेन । प्रदेशसभा सदस्य जितेन्द्र सोनलले भने, ‘दबै पार्टी मिलेर प्रदेश सरकार बनाउने हो । कसको नेतृत्व छलफलवाट तय हुन्छ ।’

अर्का प्रदेशसभा सदस्य मनिस मुमनले भने कुन पार्टीको भन्दा पनि सक्षम मुख्यमन्त्री बन्नु पर्ने बताए । उनले यसबारे फोरमसँग छलफल गर्न बाँकी रहेको बताए । शनिबारको बैठकले प्रदेशसभाको पहिलो बैठकमा जितेन्द्र सोमलले सम्बोधन गर्ने तय गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !