१४ बैशाख २०८१, शुक्रबार

पार्टीको ह्विप नमान्ने सांसदलाई कारबाही गर्ने प्रमुख सचेतक भट्टराईको चेतावनी


विशाल भट्टराई

काठमाडौं । नेकपाका प्रमुख सचेतक विशाल भट्टराईले आफूहरुसँग सयभन्दा बढी सांसद रहेको र आवश्यक परे संसदमा देखाउन तयार रहेको दावी गरेका छन् । प्रमुख सचेतक भट्टराईले प्रधानमन्त्री ओली अल्पमतमा हुनुहुन्छ भनेर बाहिर हल्ला मात्र चलिरहेको बताए । मुख सचेतक भट्टराईले भने, ‘म दाबाका साथ भन्छु, उहाँ बहुमतमा हुनुहुन्छ । आवश्यक पर्दा त्यो हामी देखाउन तयार छौं ।’

ओलीविरुद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता भए आफूहरुले डटेर सामना गर्ने प्रमुख सचेतक भट्टराईले जनाए । तर, पार्टीका सांसदहरुले पार्टीको ह्विप उल्लंघन गरे विधानअनुसार कारबाही गरिने उनले चेतावनी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !