३० कार्तिक २०८१, शुक्रबार

‘हिस्स बुढी खिस्स दाँत’ : ‘एकता नै बल हो’

जसपाले चिनेन प्रचण्ड-नेपाललाई : तर सत्ता समीकरण हुनसक्ने सम्भावना


प्रचण्ड, माधव नेपाल, महन्त ठाकुर र राजेन्द्र महतो

काठमाडौँ । ‘हिस्स बुढी खिस्स दाँत’ भनेझैँ नयाँ सरकार गठनका लागि सहकार्य गर्न आज बिहीबार राजनीतिक रुपमा विभाजन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहको केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बोलाएको जनता समाजवादी पार्टी (जसपा) ले नै प्रचण्ड-नेपाल समूहको नेकपालाई नचिनेपछि नेपाली राजनीतिक वृत्त र सामाजिक संजालमा यस विषयमा टिका-टिप्पणी शुरु भएको छ ।

यो उखानलाई विभिन्न घटनाक्रमसँग जोडेर प्रतिकात्मक रुपमा प्रस्तुत गर्ने गरिन्छ । नेपाली राजनीतिक वृत्तमा पनि यस उखानलाई फरक-फरक विकसित घटनाक्रमको प्रसंगमा प्रयोग गर्ने गरिन्छ । ठुलो आश गरेर नयाँ सत्ता समीकरण निर्माण गर्नको लागि छलफल गर्न बोलाएको जसपाका नेताहरुले प्रचण्ड-नेपाल समूहलाई ‘तपाईंहरूको कुन पार्टी हो ? भनेर प्रश्न गरेपछि उक्त समूहको नेकपालाई ‘हिस्स बुढी खिस्स दाँत’ भनेझैँ भएको छ ।

नेकपा प्रचण्ड-नेपाल समूह र जसपाका नेताहरुबीच आज समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । नेपाली कांग्रेससँग सहकार्यको प्रस्ताव राखेको भोलिपल्ट प्रचण्ड-नेपाल समूहले जसपाका नेताहरूसँग छलफल गरेको हो ।

आज बिहीबार सो समूहको नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडाँमा नेकपा अध्यक्षद्धय पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, बरिष्ठ नेता राजेन्द्र महतो र सदस्य राजेन्द्र श्रेष्ठबीच छलफल भएको हो ।

तर उक्त समूहले सहकार्य गरेर अगाडि बढ्न प्रस्ताव गरेपछि जसपाले नेकपाको आधिकारिक समूह खोजेको हो । प्रतिनिधिसभाको तेस्रो ठूलो दल जसपाले प्रचण्ड र नेपाल समूहसँग नेकपाको आधिकारिक पार्टी कुन भनेर प्रश्न गरेको छ ।

‘तपाईंहरूको कुन पार्टी हो ? बडो अलमल पर्‍यो, पहिला कुन पार्टी आधिकारिक हो टुंगो लगाउनुस् भनेर भन्यौं,’ बैठकपछि जसपा नेता राजेन्द्र महतोले भने, ‘सहकार्यका लागि तपाईंहरूले राखेका कुरा बैठकमा राखौंला ।’

महतोले थप्दै भने, ‘हामीले विगतमा पटक-पटक धोका खाएका छौं । जति पनि सम्झौता भएका छन्, कांग्रेस, एमाले, माओवादीले गरेका ती सम्झौताबाट पछि हटेर संविधान बनाइएको थियो । अन्तरिम संविधानबाट पछि हटेर एक खालको प्रतिगमन भएको थियो, संविधानमा रहेका त्रुटिहरू कमीकमजोरी हटाउनको लागि संघर्ष गर्ने हो ।’

जसपा नेताहरुले पटक-पटक आफुहरुले गरेको सहमतीमा धोका खाएको पनि स्मरण गराएका थिए । जसपा नेताहरुले आफ्नो पार्टीका सांसद रेशम चौधरी लगायतका नेताहरु अझैपनि बन्दी जीवन बिताउनुपरेको भन्दै बन्दी रिहाईका लागि संघर्ष गरिरहने बताएका छन् ।

नेता महतोले भने, ‘हाम्रा आन्दोलनकारी साथीहरु, निर्वाचित सांसद रेशम चौधरी लगायतले अहिलेपनि बन्दी जीवन विताईरहेका छन् । यी सवालहरु छन । यी समस्याहरु छन् । त्यसैले आगामी दिनमा हामी यी सवालहरु हाम्रो प्राथमिकताका साथ उठाएका छौं र आगामी दिनमा पनि उठ्ने छौं र यसको लागि संघर्ष गर्छौं । संविधानमा रहेका त्रुटिहरु, कमिकमजोरीहरु र बन्दी रिहाइका सवालहरु समेत जुनसुकै सरकार बनेपनि त्यसको अगाडि संघर्ष गर्ने हो । विगतमा पनि संघर्ष गरेको हो । आगामी दिनमा पनि संघर्ष गर्ने हो । यही कुरा भन्यौ ।’

जसपाले विगतमा भएका सम्झौताबाट आफूहरू ठगिएको र जुनसुकै सरकार बने पनि मधेशका मुद्दामा आफूहरूले संघर्ष गरिरहने नेता राजेन्द्र महतोले बताए । प्रतिनिधिसभा पुनःस्थापना भएलगत्तै प्रचण्ड-नेपाल समूहले दलहरूसँगको छलफललाई तीब्र बनाएको छ ।

जसपाले राजनीतिक परिस्थति फेरिएसँगै प्रचण्ड-माधव समूहसँग सहकार्य गर्न सक्ने जनाएको छ । प्रतिनिधिसभामा जसपाका ३४ जना सांसद रहेकोमा हरिनारायण रौनियार र रेशम चौधरी निलम्बनमा छन् । बाँकी ३२ जना सांसद र नेकपाको दाहाल-नेपाल समूह मिलेमा नयाँ सरकार बन्न बहुमत पुग्ने प्रचण्ड-नेपाल समूहको विश्लेषण रहेको छ ।

प्रचण्ड-नेपाल समूहका एक नेताका अनुसार प्रचण्ड-नेपाल समूहसँग कम्तीमा १०६ जना सांसद हुन सक्ने अनुमान गरेको छ जसमा केहि संख्या थपघट हुनसक्छ । जसपाका ३२ जना र नेकपाको प्रचण्ड-नेपाल समूहमा १०६ जना गरी जम्मा १३८ जना भएमा बहुमत पुग्छ । संविधान अनुसार सरकार बनाउन बहुमत अर्थात न्यूनतम १३८ जना सांसद संख्या आवश्यक पर्छ । यदि नेपाली काँग्रेसले साथ नदिएमा पनि बहुमतको सरकार बन्न सक्छ ।

प्रचण्ड-नेपाल समूह, नेपाली कांग्रेस र जसपा मिलेर सरकार बन्ने अर्को सम्भावना पनि छ, जुन सबैभन्दा बलियो सम्भवना हो । सरकारमा जानु हुँदैन भन्ने लाइनमा पार्टीका नेताहरू अहिलेसम्म देखिएका छैनन्  तर नेपाली काँग्रेसमा सभापति शेर बहादुर देउवा प्रधानमन्त्री बन्नु हुदैन भन्ने आवाज पार्टीकै नेताहरुले उठाएका छन् ।

प्रचण्ड-नेपाल समूहको नेकपालाई जसपाले ‘तपाईंहरूको कुन पार्टी हो ? भन्ने प्रश्न गरेकोमा ‘हिस्स बुढी खिस्स दाँत’ भनेझैँ भएतापनि यदि सत्ता समीकरणमा नेकपाको प्रचण्ड-नेपाल समूह र जसपा मिलेमा बहुमत सरकार बनेमा ‘एकता नै बल हो’ भन्ने भनाई चरितार्थ हुने देखिन्छ ।

यो पनि पढ्नुहोस्

सत्ता सहकार्यको प्रस्ताव गरेका प्रचण्ड-माधवलाई जसपाले किन चिनेन ?

ओलीलाई हटाउने रणनीति : सत्ता साझेदारी गर्न प्रचण्ड-नेपालसँग जसपाले राख्यो यतिठुलो शर्त

बामदेवलाई प्रचण्डले भने, अहिले कै अवस्थामा ओलीसँग सहकार्य हुदैन’

वामदेवले प्रचण्डलाई भने, ‘ओलीको सम्मानजनक बिदा गरौं, नेकपाबाटै प्रधानमन्त्री चुनौं’

वामदेवको फेरि सक्रियता तीव्र, किन बिहानै प्रचण्डलाई भेट्न पुगे खुमलटार ?

कांग्रेसका सभापति देउवाले किन बोलाए पदाधिकारी बैठक ?

देउवालाई प्रधानमन्त्री बन्न प्रचण्ड-माधवकाे प्रस्ताव, होलान् त देउवा ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !