३० कार्तिक २०८१, शुक्रबार

वामदेवको फेरि सक्रियता तीव्र, किन बिहानै प्रचण्डलाई भेट्न पुगे खुमलटार ?


प्रचण्ड र बामदेव गौतम फाइल फोटो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतम प्रतिनिधिसभा पुनर्स्थापनापछि सक्रियता बढाएका छन् । उनी आज बिहीबार बिहानै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न खुमलटार पुगेका छन् ।

उनले त्यहाँ अध्यक्ष प्रचण्डसँग करिब १ घण्टा कुराकानी भएको बताइएको छ । पार्टी एकता अभियान सञ्चालन गरिरहेका उनले प्रधानमन्त्री केपी शर्मा ओलीको बहिर्गमनपछि पनि नेकपाकै नेतृत्वमा सरकार गठन गर्नुपर्ने लगायतका विषयमा कुराकानी गरेका थिए ।

प्रधानमन्त्री ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटनको सिफारिस गरेपछि दुई खेमामा विभाजित नेकपाको कुनै पनि समूहको पक्षमा गौतम उभिएका छैनन् । तर सर्वोच्चको फैसलापछि भने उनले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताउँदै आएका छन् ।

नेकपाको प्रचण्ड-नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालल हिजो नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा भएको कुराकानीमा प्रचण्ड र नेपालले सभापति देउवालाई प्रधानमन्त्री बन्न प्रस्ताव प्रस्ताव गरेको बुझिएको थियो ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गरेलगत्तै नयाँ सरकार गठनका लागि नेताहरुबीच गृहकार्य सुरु भएको छ । बुधबार प्रारम्भिक चरणको छलफलमा नेकपा प्रचण्ड-नेपाल समहूले देउवालाई नयाँ बन्ने सरकारको प्रधानमन्त्री बन्न प्रस्ताव गरेका थिए ।

नेकपा उच्च स्रोतका अनुसार तीन नेताबीच भएको छलफलमा प्रचण्ड र नेपालले गरेको प्रस्तावप्रति देउवा सकारात्मक बन्दै दलभित्र छलफल गरेर निर्णय दिने बताएका थिए । नेताहरुबीचको छलफल सकारात्मक भएको भन्दै समझदारीबाटै अघि बढ्न नेताहरु सहमत भएको बुझिएको छ । यसअघि प्रचण्ड र माधव दुवैले प्रधानमन्त्री नबन्ने बताएका थिए ।

तर आज बिहान प्रचण्डलाई भेटेर उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्मानजनक ढंगले बहिर्गमनको वातावरण बनाउन र नेकपाभित्रैबाट नयाँ प्रधानमन्त्री चुन्न प्रस्ताव गरेका छन् । नेकपा एकताका लागि अभियान चलाउने भन्दै कुनै पनि खेमामा स्पष्ट रुपमा नलागेका उपाध्यक्ष गौतमले प्रचण्डसँग पार्टी एकताको सुनौलो जिम्मेवारी आएकाले त्यसलाई पूरा गर्न आग्रह गरेका छन् ।

यो पनि पढ्नुहोस्

वामदेवले मागे प्रधानमन्त्री ओलीको तुरून्त राजीनामा

देउवालाई प्रधानमन्त्री बन्न प्रचण्ड-माधवकाे प्रस्ताव, होलान् त देउवा ?

देउवासँग २० मिनेट कुराकानी गरेर फर्किए प्रचण्ड र नेपाल, के भयो छलफल ?

प्रचण्ड-माधवले देउवालाई भेट्दै, मिल्ला त यी तीन नेताको केमेष्ट्री ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !