१२ बैशाख २०८१, बुधबार

वामदेवले मागे प्रधानमन्त्री ओलीको तुरून्त राजीनामा


वामदेवले मागे प्रधानमन्त्री ओलीको तुरून्त राजीनामा

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले तुरून्त राजीनामा दिनु पर्ने बताएका छन् । साथै गौतमले उपाध्यक्षको हैसियतले उनले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’संग तुरुन्तै सचिवालय वैठक धुम्वाराहीस्थित केन्द्रिय कार्यालयमा वोलाउन अनुरोध गरेका छन् ।

प्रधानमन्त्री ओलीले पुस ५ मा प्रतिनिधि सभाको विघटन गरेपछि कुनै समूहमा नलागेका गौतमले सर्वोच्चले संसद पुनर्स्थपाना गर्न आदेशको दिएको अर्को दिन बुधबार बिहान विज्ञप्ति जारी गरी प्रधानमन्त्री ओलीको राजीनामा माग गरेका हुन् । उनले सर्वोच्चको फैसला आएको फागुन ११ को दिन ऐतिहासिक महत्वको भएको बताए ।

उनले हिजोको मितिमा आज बिहान एक प्रेस विज्ञप्ति जारी गर्दै संघीय लोकतांत्रिक गणतन्त्र नेपालको संविधान जारी भएयता वि सं २०७७ साल फागुन ११ गतेको दिन ऐतिहासिक महत्वको रहेको बताएका छन् । यो दिन हाम्रो सम्मानित सर्वोच्च अदालतले हजारौ सपुतहरुको वलिदान तथा लाखौ देशभक्त नेपालीको त्याग र समर्पणवाट प्राप्त नेपालको संविधानको संरक्षण गरेको दिन भएको उनले बताएका छन् ।

उनले प्रधानमन्त्री ओलीले गत पुष ५ गते गरेको प्रतिनिधिसभा विघटन असंवैधानिक ठहर भएकोले हिजोको दिन निरंकुशता स्वेच्छाचारीता, अराजकता र दुराचारीताको पराजय तथा संविधान क़ानून लोकतन्त्र र जनताको सर्वभौमिकताले पुनर्विजय प्राप्त गरेको ऐतिहासिक दिन भएको बताएका छन् ।

उनले यस अवसरमा आफूले नेपाली नागरिकको हैसियतमा तीन माग राखेको उनले बताएका छन् ।

यस्ता छन् वामदेवका मागहरु

१. सम्माननीय राष्ट्रपति महोदयले प्रेस विज्ञप्ति मार्फत संवैधानिक इजलासको निर्णयलाई हार्दिक स्वागत गर्दै प्रतिनिधि सभा अधिवेशन आह्वान गर्नु पर्छ ।

२. प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट ढिला नगरी तुरून्त राजीनामा दिनु पर्छ ।

३. नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को उपाध्यक्षको हैसियतले म दुबै अध्यक्ष क. केपी शर्मा ओली र क. प्रचण्डसँग तुरुन्तै सचिवालय बैठक धुम्वाराहीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बोलाउन अनुरोध गर्छु ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !