२६ बैशाख २०८१, बुधबार

विराटनगरमा प्रधानमन्त्री ओलीविरुद्ध प्रचण्ड-नेपाल समूहका कार्यकर्ताद्वारा नाराबाजी

विराटनगरमा प्रधानमन्त्रीविरुद्ध प्रदर्शन


विराटनगरमा प्रधानमन्त्रीविरुद्ध प्रदर्शन

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध विराटनगरमा नाराबाजी गर्दै जुलुस निकालिएको छ । प्रधानमन्त्री ओली विराटनगर विमानस्थलबाट कार्यक्रमस्थल जाने क्रममा एयरपोर्ट मोडमा विद्यार्थीहरुले उनीविरुद्ध प्रचण्ड-नेपाल समूहका कार्यकर्ताले प्रदर्शन गरेका हुन् ।

ओली समूहले आज विराटनगरमा गर्न लागेको बृहत जनसभाका ओली समूहको जनसभामा सहभागी हुन निस्किएको हजारौँ सहभागी जुलुसमा जिन्दावादको नारा लागेको छ भने प्रचण्ड-नेपाल समूहले मुर्दावादको नारा लगाएका छन् ।

प्रचण्ड-नेपाल समूहका कार्यकर्तालाई सुरक्षाकर्मीले अवरोध गरेको छ । प्रचण्ड-नेपाल समूहका विधार्थी तथा कार्यकर्ताले कालो झण्डा देखाएका छ्न । कालो झण्डा देखाएपछि युवा तथा विद्यार्थीलाई प्रहरीले धरपकड तथा दमन गरेको भन्दै नाराबाजी गरेका छन ।

प्रधानमन्त्री आएपछि विराटनगरमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । उक्त समूहले २ लाख जनता उतार्ने तयारी गरेको दावी गरेको छ । प्रतिनिधिसभा विघटनपछि वैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेका प्रधानमन्त्री ओली नेतृत्वको नेकपाले आज विराटनगरमा शक्ति प्रदर्शन गर्न लागेको हो ।

प्रतिनिधिसभा विघटनपछि विभाजित बनेको नेकपाको ओली समूहले चुनावी प्रचार-प्रसार गर्ने तथा सरकारको कदमका पक्षमा जनमत देखाउन विराटनगरमा शक्ति प्रदर्शन गर्न लागेको हो ।

विराटनगर महानगरपालिका-२ को विराट नर्सिङ होमको पूर्वतर्फ रहेको मैदानमा आयोजना हुने जनसभालाई प्रधानमन्त्री ओली, गृहमन्त्री रामबहादुर थापा बादल, नेता सुभासचन्द्र नेम्वाङ, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई लगायतले सम्बोधन गर्नेछन् ।

यो पनि पढ्नुहोस्

नेकपा ओली समूहको आज विराटनगरमा शक्ति प्रदर्शन : २ लाख जनता उतार्ने तयारी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !