२५ बैशाख २०८१, मंगलबार

प्रदेश नम्बर ५ मा सभामुखको लागि ओवादीका चार सांसद दाबेदार


प्रदेश नम्बर ५

१५ माघम, दाङ । प्रदेश नम्बर ५ मा नेकपा माओवादी केन्द्रको भागमा परेको सभामुखका लागि माओवादीवाट चार सांसद दाबेदारका रुपमा देखिएका छन् । यो प्रदेशमा एमालेले मुख्यमन्त्री लिने र माओवादीले सभामुख पद लिने बामगठवन्धनको कार्यदलले सहमती गरिसकेको छ ।

मुखयमन्त्रीका लागि एमालेका शंकर पोख्रेल सम्भावनाको अधिकतम उचाईमा देखिएका छन् । माओवादीका एकनेताले प्रदेश सभामुखका लागि सम्भावित चार जनावाट सभामुख चयन हुने बताए । उनका अनुसार सबै भन्दा बढि सम्भावना रोल्पाबाट निर्वाचित कुलप्रसाद केसीको देखिएको छ ।

यसअघि मुख्यमन्त्रीकै दाबेदारका रुपमा रहेका केसी नै माओवादीको भागमा परेको सभामुखमा चयन हुने ति नेताले बताए । त्यसोत, संगठन निर्माणमा कुशलता पूर्व भुमिका निर्वाह गर्न सक्ने नेताका रुपमा चिनिएका केसीलाई नै माओवादीले सभामुख चयन गर्न सक्ने सम्भावना बढि देखिएको छ । तथापी केसीले भने अहिले बामकार्यदलले प्रस्ताव मात्रै गरेकाले यस सम्बन्धमा निर्णायक मोडमा नपुगिएको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !