२५ बैशाख २०८१, मंगलबार

संविधान संशोधन नभए फेरि आन्दोलनमा उत्रिने राजपाको चेतावनी


rajendra-mahato

१५ माघ, भक्तपुर । राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्ष मण्डलका अध्यक्ष राजेन्द्र महतोले एमालेले संविधान संशोधनका विषयमा सकारात्मक धारणा सार्वजनिक नगरी संविधान संशोधनमा बाधा पुर्यांएको अवस्थामा राजपा एमालेका विरुद्ध फेरि आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

भक्तपुरमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष महतोले सो कुराको चेतावनी दिएका हुन्। कार्यक्रममा बोल्दै उनले वाम गठनबन्धनसँग सरकार गठनका विषयमा सहमति हुन नसक्ने बताए । ‘एमाले हिजो पनि संविधान संशोधनका विपक्षमा रहेको थियो आज पनि छ’, उनले भने, ‘यदि संविधान संशोधन नभएर हामी जुनसुकै खालको कदम चाल्न बाध्य हुनेछौं ।’

अध्यक्ष महतोले दुई नम्बर प्रदेशमा जनताले राजपा र फोरम लोकतान्त्रिक पार्टीलाई सरकार बनाउने म्याण्डेट दिएकोले यहाँ दुई पार्टीको सहमतिमा सरकार निर्माण हुने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !