२४ बैशाख २०८१, सोमबार

बुटवलमा आज ओली समूहको बृहत जनसभा, प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

आज बुटवलमा हुने बृहत जनसभामा २ लाख जनता उतार्ने तयारी


केपी शर्मा ओली फाइल फोटो

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज लुम्बिनी प्रदेशको रूपन्देहीस्थित बुटवलमा बृहत जनसभा गरेर फेरि शक्ति प्रदर्शन गर्दैछ । नेकपा लुम्बिनी प्रदेशले आयाेजना गर्न लागेकाे बृहत जनसभालाई प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बाेधन गर्नेछन् ।

आज विहान ११ बजेदेखि बुटवल-७ को सिद्धेश्वर माविको प्रांगणमा शुरु हुने बृहत जनसभा ऐतिहासिक हुने नेकपाका नेताहरूले बताएका छन् । रूपन्देही जिल्लाबाट १ लाख र अन्य जिल्लावाट १ लाख गरी २ लाख जनता उतार्ने दावी ओली समूहले गरेको छ ।

सभाको पूर्वसन्ध्यामा नेकपाका युवा इन्चार्ज महेश बस्नेतकाे नेतृत्वमा युवा तथा विद्यार्थीहरुले मोटरसाइकल र्‍याली निकालेका थिए । उनीहरूले बुटबलका विभिन्न ठाउँमा मार्चपास समेत गरेका थिए ।

संसद विघटन गर्नुपर्ने बाध्यात्मक परिस्थितिको बारेमा जनतालाई जानकारी दिन जनसभा आयोजना गरिएको ओली समूहको नेकपाको भनाइ छ । ‘अराजकताको अन्त्य राजनीतिक स्थिरता, संविधानको रक्षा राष्ट्रिय स्वाधिनता, ताजा जनादेश विकासको निरन्तरता’ भन्ने नारा उक्त समूह नेकपाको रहेको छ ।

नेकपाले यसअघि लुम्बिनी प्रदेशको राजधानी दाङको राप्ती उपत्यका, धनगढी, चितवन र काठमाडौंमा विशाल जनसभा गरिसकेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !