१४ बैशाख २०८१, शुक्रबार

रामकुमारी झाँक्रीलाई विनाशर्त रिहा गर्न प्रचण्ड-नेपाल समूहको माग


प्रचण्ड-नेपाल समूह

काठमाडौं । राजनीतिक रुपमा विभाजन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले नेत्री रामकुमारी झाँक्रीलाई विनाशर्त रिहा गर्न माग गरेको छ । उक्त समूहको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले आज एक प्रेस विज्ञप्ति जारी गर्दै सो माग गरेका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले झाँक्रीलाई काठमाडौँको बुद्धनगरस्थित निवासवाट सोधपुछका लागि पक्राउ गरेको हो । महाशाखाले राज्य विरुद्धको कसूरमा अनुसन्धान गर्न भनी झाँक्रीलाई पक्राउ पूर्जी पनि दिएको छ ।

श्रेष्ठद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको खिल्ली उडाउदै गरिएको गिरफ्तारीले वर्तमान सरकारको घोर अलोकतान्त्रिक, निरंकुश र सर्वसत्तावादी चरित्रलाई उदांगो परेको छ ।’

लोकतन्त्रमा राजनीतिमा संलग्न कुनै पनि व्यक्ति वा संस्था लोकतन्त्रमा आलोचनाभन्दा माथि हुन नसक्ने उल्लेख गर्दै विज्ञप्तिमा राजनीतिक आलोचनालाई राज्यविरुद्धको कसुर देख्नु गम्भीर दृष्टिभ्रम, पूर्वाग्रह र स्वेच्छाचारिता बाहेक अरु केही हुन नसक्ने ठहर गरिएको छ । साथै झाँक्रीलाई निःशर्त र अविलम्ब रिहा गर्न माग गरिएको छ ।

रामकुमारी झाँक्रीलाई विनाशर्त रिहा गर्न प्रचण्ड-नेपाल समूहको माग

यो पनि पढ्नुहोस्

प्रचण्ड भन्छन्, ‘ओलीको ठाडो आदेशमा रामकुमारी झाँक्रीलाई पक्राउ गरियो’

प्रहरीद्वारा रामकुमारी झाँक्रीलाई बुद्धनगर निवासवाट गिरफ्तार

झाँक्रीलाई पकाउ गर्न प्रहरी उनको निवासमा पुगेपछि समर्थकहरुद्वारा नाराबाजी

झाँक्रीका समर्थक कार्यकर्ताहरुको नाराबाजी : रामकुमारी झाँक्री हाई, हाई, केपी, विद्या बाई बाई !


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !