१२ बैशाख २०८१, बुधबार

झाँक्रीका समर्थक कार्यकर्ताहरुको नाराबाजी : रामकुमारी झाँक्री हाई, हाई, केपी, विद्या बाई बाई !


रामकुमारी झाँक्री

काठमाडौं । मुखमा कालो टेप टाँसेर मञ्चमा उक्लिएर ‘बोल्न पाइन्छ’ भनेर हिजो कुर्लिने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समुहकी नेत्री रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रहरी उनको निवासमा पुगेको छ ।

झाँक्रीलाई पक्राउ गर्न प्रहरी उनको निवासमा पुगेपछि झाँक्रीका समर्थक एवम् प्रचण्ड-माधव समूहका कार्यकर्ताहरु भने उनको पक्राउको विरोधमा नाराबाजी गरिरहेका छन् । राष्ट्रपतिबारे दिएको अभिव्यक्तिलाई लिएर महानगरीय प्रहरी महाशाखाको टोली झाँक्रीलाई पक्राउ गर्न गएको छ । झाँक्रीले भने यो राजनीतिक मुद्दा भएकाले पक्राउ पूर्जी लिएर आउन प्रहरीलाई आग्रह गरेकी छन् । यसअघि महाशाखाले झाँक्रीलाई सोधपुछका लागि बोलाएको थियो, तर झाँक्रीले प्रहरीको जान अस्वीकार गरेकी थिइन् ।

नेकपा कार्यकर्ताहरु पञ्चा सिंह, सुदेश पराजुली, आरती लामालगायत रामकुमारीको निवास शंखमुलमा भेला भएर सरकार र प्रहरी प्रशासनविरुद्ध नाराबाजी गरिरहेका छन् । कार्यकर्ताहरुले रामकुमारी झाँक्री हाई, हाई, केपी शर्मा ओली, विद्यादेवी भण्डारी बाई बाई भन्दै नारावाजी लगाएका छन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !