५ जेष्ठ २०८१, शनिबार

निर्वाचन आयोग खुट्टा नकमाऊ : प्रचण्ड


प्रचण्ड फाइल फोटो

काठमाडौँ । राजनीतिक रुपमा विभाजन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन आयोगलाई खुट्टा नकमाउन अनुरोध गरेका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत उक्त समूहले काठमाडौंको भृकुटीमण्डपमा गरेको विशाल आमसभामा बोल्दै उनले विरोध प्रदर्शन कस्तो हुन्छ हेर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।

साथै उनले अब सिंहदरबार र बालुवाटार घेर्न १० लाख जनता जम्मा पार्ने पनि चेतावनी पनि दिए । प्रचण्डले आजको उपस्थितिले सर्वोच्च अदालतलाई पनि फैसला गर्न सहज भएको टिप्पणी गरेका छन् ।

उनले आफ्नो समूहले आज आयोजना गरेको विरोध प्रदर्शनमा आफ्ना कुनै कार्यकताले एसएमएस गरेर दिएको जानकारी अनुसार ५ लाख मान्छे उपस्थित भएको दावी समेत गरे ।

उनले अहिलेको केपी ओली नेतृत्वको सरकारका २ जना मन्त्रीहरु आफ्नो समूहको नेकपामा मन्त्री पद त्याग गरेर आउन अनुरोध गरेको समेत बताए । राम्रा दिमाख भएका मान्छेहरु आफ्नो समुहमा भएको तर ओलीको समूहमा नराम्रो दिमाख भएका मान्छेहरु मात्र भएको आरोप लगाए ।

नेपाली जनता भगवान् भएको बताउदै ओलीले आफ्नो निर्वाचन क्षेत्रमा ओलीले रामको जन्मस्थान खोज र अनुसन्धानवाट पुष्टि गरेर धार्मिक पर्यटकीय स्थल बनाएमा सवभन्दा बढी खुशी आफू हुने समेत बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !