२४ बैशाख २०८१, सोमबार

ओलीविरुद्ध देशभर विद्रोह गर्ने जनार्दन शर्माको चेतावनी


जनार्दन शर्मा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेता जनार्दन शर्माले शान्तिपूर्ण आवाज नसुनिए जनता विद्रोहमा उत्रन सक्ने बताएका छन् । संसद विघटनको विरोधमा नेता शर्माले जनताको आवाज सुनिँदैन भने कुनै पनि बेला विद्रोहमा उत्रन सक्ने चेतावनी दिएका हुन्

‘यदि जनताको आवाज सुनिँदैन भने आज यहाँ भइरहेको शान्तिपूर्ण आन्दोलन कुन दिन विद्रोहमा उत्रने छ म भन्न सक्दिैन ।, शर्माले भने, ‘केपी ओली तयार हुनुको ग्राउण्ड कुन हो ? त्यसको समीक्षा हुनुपर्छ ।’

संघीयता लागू गर्न नदिने र संविधानलाई च्यातत्युत पार्न खोजिएको भन्दै शर्माले जनताको विद्रोहले संघीयता र गणतन्त्र विरोधीहरुलाई समाप्त पार्ने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !