२० बैशाख २०८१, बिहिबार

भागरथी हत्याको घटना निर्मला पन्तको जस्तो जटिल छैन : गृहमन्त्री थापा


रामबहादुर थापा File Photo

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले भागरथी भट्टको हत्याको घटना निर्मला पन्तको जस्तो जटिल नभएको टिप्पणी गरेका छन्। बैतडीकी किशोरी भट्टको हत्याको घटना अनुसन्धानमा छिट्टै सफलता मिल्ने बताएका छन् ।

आज बिहान नेपाल विद्यार्थी संघको ज्ञापनपत्र बुझ्दै मन्त्री थापाले कतिपय घटनाको अनुसन्धानमा शतप्रतिशत सफलता पाउन नसकिने बताए। भागरथीको हत्याका अपराधी छिट्टै पक्राउ पर्ने र कानुनबमोजिम सजायँ पाउने मन्त्री थापाले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !