२० बैशाख २०८१, बिहिबार

थापाको उम्मेदवारी खारेज


Ram-bahadurt-thapa

१३ माघ, काठमाण्डौ । राष्ट्रिय सभा सदस्यमा वाम गठबन्धनका रामबहादुर थापाको उम्मेदवारी खारेज भएको छ । एमाले नेता थापाले वाम गठबन्धनको तर्फवाट प्रदेश ४ को अपाङ्ग तथा अल्पसंख्यक कोटामा उम्मेदवारी दिएका थिए ।

तर, नयाँ निर्देशिका अनुसार अपाङ्ग परिचय पत्र नलिएको भन्दै कांग्रेस उम्मेदवार बनेका तनहुँका प्रकाश पन्थले निर्वाचन आयोगमा उजुरी दिएका थिए । छानविन पश्चात आयोगले शनिबार थापाको उम्मेदवारी खारेज गरेको छ । थापाले २७ असार २०६२ मै अपाङ्गताको परीचयपत्र लिएका थिए । तर, नयाँ निर्देशिका अनुसार नयाँ परिचय पत्र बनाएका रहेनछन् ।

उम्मेदवारी दर्ताको दुई दिनपछि मात्र नयाँ परीचयपत्र बनाएको पाइएपछि निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको छ । यससँगै कांग्रेस उम्मेदवार पन्थ राष्ट्रियसभा सदस्यमा निर्विरोध निर्वाचित भएका छन्


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !