२४ बैशाख २०८१, सोमबार

विशेष अदालतद्वारा भाटभटेनीका सञ्चालक गुरुङलाई २ करोड धरौटीमा छाड्न आदेश


मीनबहादुर गुरुङ

काठमाडौं । बालुवाटारस्थित ललिता निवास जग्गा भ्रष्टाचार प्रकरणमा मुच्छिएका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ धरौटीमा छुटेका छन् ।

आज बुधबार विशेष अदालतका न्यायाधीशद्वय प्रेमबहादुर कार्की र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले गुरुङलाई २ करोड धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

ललिता निवास जग्गा अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्दामा भाटभटेनी सुपरमार्केटका सञ्‍चालक गुरुङलाई प्रतिवादी बनाएको थियो ।

उनी विरुद्ध अख्तियारले जग्गाधनीका रुपमा ११ करोड र सरकारी जग्गा कमिसनका रुपमा बकस लिएकोमा ३९ करोड विगो मागदाबी गर्दै मुद्दा दायर गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !