१४ बैशाख २०८१, शुक्रबार

प्रचण्ड-नेपाल समूहले किन गर्दैछ आकस्मिक पत्रकार सम्मेलन ?

प्रचण्ड-नेपाल समूहले गर्दैछ आकस्मिक पत्रकार सम्मेलन


प्रचण्ड-नेपाल समूह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहले आकस्मिक पत्रकार सम्मेलन गर्ने भएको छ । आज बुधबार दिउँसो २ बजे नेकपा केन्द्रीय कार्यालय पेरिसडाँडामा आकस्मिक पत्रकार सम्मेलनको आयोजना गरिएको उक्त समूहका एक केन्द्रीय सदस्यले जानकारी दिएका छन् ।

विकसित घटनाक्रमपछि उक्त समूहले थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने भएको छ । नेपाल सरकारले विभिन्न संवैधानिक निकायमा सिफारिस गरिएका पदाधिकारीहरुलाई आज बुधबार बिहान राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ ग्रहण गराइएको छ । आज राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आयोगका अध्यक्षमा सिफारिस भएकाहरूलाई शपथ गराएका हुन् ।

प्रधानन्यायाधीश जबराले विभिन्न ५ आयोगमा सिफारिस भएकाहरुलाई शपथ ग्रहण गराएका थिए भने ती आयोगमा सिफारिस गरिएका सदस्यहरुलाई सम्बन्धित आयोगका अध्यक्षहरुले शपथ खुवाएका थिए । विभिन्न संवैधानिक निकायमा सिफारिस गरिएका पदाधिकारीहरुलाई आज बुधबार बिहान राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ ग्रहण गराएको हो ।

विभिन्न संवैधानिक निकायमा सिफारिस भएका ४५ जनामध्ये ३८ जना पदाधिकारीहरूले शपथ ग्रहण गरेको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ । माघ १८ आइतबार प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाले संसदीय सुनुवाइका लागि संवैधानिक परिषदले गरेका सिफारिसहरूलाई फिर्ता पठाइदिएतापनि सपथ ग्रहण गराएपछि यसको बिरोधमा पनि थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने बारेमा जानकारी दिन उक्त समूहको नेकपाले प्रत्रकार सम्मेलन गर्न लागेको आंकलन गर्न सकिन्छ ।

यो पनि पढ्नुहोस्

संवैधानिक निकायमा सिफारिस गरिएका पदाधिकारीहरुले लिए शपथ

भोलि बोलाएको संवैधानिक परिषद्को बैठक किन एकाएक भयो स्थगित ?

प्रधानमन्त्रीले फेरि किन बोलाए संवैधानिक परिषद्को बैठक ?

संवैधानिक परिषदको सिफारिस फिर्ता गरेकोमा राष्ट्रियसभा अध्यक्षले जनाए आपत्ति

सभामुख सापकोटाले फिर्ता गरिदिए संसदीय सुनुवाइका लागि पठाइएका सिफारिस


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !