६ बैशाख २०८१, बिहिबार

भोलि बोलाएको संवैधानिक परिषद्को बैठक किन एकाएक भयो स्थगित ?

बुधबार बोलाइएको संवैधानिक परिषद्को बैठक स्थगित


संवैधानिक परिषद्को बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि बुधबार बोलाएको संवैधानिक परिषद्को बैठक एकाएक स्थगित भएको छ । राष्ट्रियसभा सचिवालय स्रोतका अनुसार बुधबार साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भनिएको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको हो ।

भोलि बस्ने परिषद्को बैठक केही कारणले भोलि नबसेर अर्को दिन बस्ने भन्ने कुरामा भई रहेकोले अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको एक परिषद् सदस्यले बताएतापनि केले गर्दा बैठक स्थगित हुनपुग्यो भन्ने स्पष्ट कारण खुलाएनन् ।

सम्भवत: प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र सर्वोच्च अदालतका प्रधानन्यायाधिश चोलेन्द्र शमशेरदेउवा को अनिच्छाको कारणले बैठक स्थगित गर्नुपरेको कारण हुनसक्ने राजनीतिक विश्लेषकहरुले अनुमान गरेका छन् ।

माघ १८ आइतबार प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाले संसदीय सुनुवाइका लागि संवैधानिक परिषदले गरेका सिफारिसहरूलाई फिर्ता पठाइ दिइसकेर उत्पन्न भएको विवादमा देउवा र जबरा तानिन नचाहेको आंकलन गर्न सकिन्छ । सरकारले पुस ३० गते साँझ बसेको परिषदको बैठकमा सभामुख सापकोटा र विपक्षी दलका नेता शेरबहादुर देउवा अनुपस्थित भएका थिए ।

पहिलो एजेन्डा संवैधानिक निकायमा नियुक्ति सिफारिस सम्बन्धमा र दोस्रो एजेन्डामा विविध उल्लेख गरिएको थियो । यद्यपि भोलि बस्ने भनिएको परिषद्को बैठकवारे प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई भने बैठकको सूचना नआएको उनको सचिवालयले बताएको थियो ।

प्रतिनिधिसभा विघटन भई कामचलाउ सरकार रहेको, सर्वोच्च अदालतमा विचाराधिन मुद्धामा बहस जारी रहेको र निर्वाचन घोषणा भएको अवस्थामा विगतमा गरेको नियुक्तिको सिफारिसमाथि नै प्रश्न उठिरहेका बेला फेरि संवैधानिक परिषद्को बैठक बोलाउनुलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रुपमा हेरिएको थियो ।

संवैधानिक परिषद्मा प्रधानमन्त्रीसँगै, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधि सभाका उपसभामुख र प्रमुख प्रतिपक्षीदलका नेता सदस्य रहन्छन् । हाल प्रतिनिधि सभाको उपसभामुख पद रिक्त रहेको छ ।

सापकोटाले नेपाल सरकारका मुख्य सचीव र संवैधानिक परिषद्का सचीवलाई पत्र लेखेर नियुक्ति सिफारिस फिर्ता गरिदिएका थिए । तर हिजो माघ १९ गते सोमबार राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले पत्रकार सम्मेलन गरी विघटित प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाले संवैधानिक परिषदको सिफारिस फिर्ता गरेकोमा सभामुखको पत्रले राष्ट्रियसभाको गरिमामा प्रहार भएको भन्दै आपत्ति जनाएका थिए ।

सभामुख सापकोटा र राष्ट्रियसभा अध्यक्ष तिमल्सिनावीच टक्कर शुरु भएको छ । सभामुख सापकोटा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अध्यक्ष तिमल्सिना केपी शर्मा ओली निकट मानिन्छन् । यसरी संसद् सचिवालयले संवैधानिक परिषद्ले गरेको सिफारिस फिर्ता गरेपछि संघीय संसद्को दुई सदनको अधिकार क्षेत्रलाई लिएर त्यसका प्रमुखबीच नै द्वन्द्व सुरु भएको छ ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्रीले फेरि किन बोलाए संवैधानिक परिषद्को बैठक ?

संवैधानिक परिषदको सिफारिस फिर्ता गरेकोमा राष्ट्रियसभा अध्यक्षले जनाए आपत्ति

सभामुख सापकोटाले फिर्ता गरिदिए संसदीय सुनुवाइका लागि पठाइएका सिफारिस


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !