२० बैशाख २०८१, बिहिबार

निर्वाचन आयोगले नेकपाका दुबै समूहसँग आज छलफल गर्दै


केपी ओली, प्रचण्ड र निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुबै समूहसँग आज छलफल गर्दैछ । आयोगले केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छुट्टाछुट्टै पत्र लेखी निर्वाचन सम्बन्धी छलफलका लागि अध्यक्ष र अध्यक्षले तोकेका आधिकारिक व्यक्ति गरी ५/५ जनालाई बोलाएको हो ।

आज माघ १६ शुक्रबार विहान साढे ११ बजे छलफलका लागि बोलाएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताएका छन् । उनका अनुसार निर्वाचन प्रयोजनका लागि दल दर्ताका लागि आयोगले सुचना प्रकाशन गर्ने विषय र निर्वाचनको तयारीका लागि २ वटा विषयमा छलफल गर्न उनीहरुलाई बोलाइएको हो ।

निर्वाचन आयोगले नेकपा विभाजनलाई मान्यता नदिएर दुबै समूहको माग दावीलाई अस्वीकार गर्ने निर्णय गरेको थियो । माघ ११ गते आइतबार बसेको आयोगको बैठकले दुबैको माग दाबी नपुगेको निष्कर्ष निकालेको हो ।

नेकपाको ओली समूह र प्रचण्ड-नेपाल समूहले गरेका निर्णयलाई मान्यता नदिने निर्णय आयोगले गरेको थियो । दुबै समूहले विवरण संशोधन गर्न गरेको दाबी विधान सम्मत देखिएको आयोगले ठहर पनि गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !