१४ बैशाख २०८१, शुक्रबार

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना नगरे जनताको अदालतले गर्ने प्रचण्डको चेतावनी


प्रचण्ड

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी शर्मा ओलीको निरंकुशता केही महिनामै ध्वस्त पार्ने चेतावनी दिएका छन् । आज आयोजना गरिएको एक विरोधसभामा बोल्दै प्रचण्डले ओली सामन्ती निरंकुशताको एजेन्ट जस्तो देखिएको टिप्पणी गरे ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना नगरे जनताको अदालतले गर्ने प्रचण्डले बताए । ओलीले पार्टी एकता तोड्ने र संविधानको घाँटी रेट्ने काम गरेको प्रचण्डले आरोप लगाए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !