२५ बैशाख २०८१, मंगलबार

गहीरो ज्ञान नभएका सर्वसाधारणहरू प्राय: तटस्थ बस्छन् : डा. भट्टराई


डा. बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले ठीक र वेठीक वीचको संघर्षमा बढी जानेका भन्ठान्ने भद्रभलाद्मीहरू र गहीरो ज्ञान नभएका सर्वसाधारणहरू प्राय:तटस्थ बन्ने टिप्पणी गरेका छन् ।

सामाजिक संजालमा एक स्टाटस लेख्दै डा. भट्टराईले यस्तो बेला तटस्थताले वेठीक/असत्य/अन्यायलाई मदत गर्ने टिप्पणी गरे ।

डा. भट्टराईले लेखेका छन्, “ठीक र वेठीक वीचको संघर्षमा बढी जानेका भन्ठान्ने भद्रभलाद्मीहरू र गहीरो ज्ञान नभएका सर्वसाधारणहरू प्राय:तटस्थ बस्छन् । यस्तो बेला तटस्थताले वेठीक/असत्य/अन्यायलाई मदत गर्छ । अनि एक पटकमा एउटै कुरा प्रधान हुन्छ;अरू सहायक हुन्छन् । अहिले ओली प्रतिगमन प्रमुख खतरा हो।कुनै किन्तुपरन्तु नगरौं!”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !