७ बैशाख २०८१, शुक्रबार

प्रचण्ड-माधव समूहको निष्कर्ष : संसद विघटन विरुद्धको आन्दोलन प्रभावकारी हुँदै


प्रचण्ड-नेपाल समूहको नेकपा स्थायी कमिटी बैठक फाइल फोटो

काठमाडौं । अनौपचारिक रुपमा विभाजन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड-नेपाल समूहको आज बसेको स्थायी समिति बैठकले प्रधानमन्त्री केपी ओलीको संसद विघटन गर्ने प्रतिगामी कदम विरुद्धको आन्दोलन प्रभावकारी हुँदै गएको निष्कर्ष निकालेको छ ।

आज बिहीबारबाट पेरिसडाँडामा सुरु भएको बैठकले यस्तो निष्कर्ष निकाल्दै आन्दोलनलाई अझ प्रभावकारी बनाउन थप रणनीति तय गर्ने भएको छ । आज बसेको बैठकले अहिलेसम्मको आन्दोलन प्रभावकारी भएको भन्दै अझै प्रभावशाली बनाउन पहल गर्ने निर्णय भएको पनि छ ।

साथै संसद विघटन आम नागरिक, बुद्धिजीवी, न्यायपालिकादेखि बुद्धिजीवीसम्मको सरोकारको विषय भएकोले यो आन्दोलनले संविधान, लोकतन्त्र जोगाउँदै मुलुकको डिरेल हुन लागेको राजनीतिलाई ट्रयाकमा ल्याउने उक्त समूहको ठम्याई रहेको छ ।

आजको बैठकमा नेकपाका प्रदेश इन्चार्जहरुले आन्दोलनका विषयमा रिपोटिङ गरेका थिए । साथै बैठकमा भावी संघर्षका कार्यक्रम कस्ता बनाउने ? भन्ने विषयमा छलफल सुरु भएपनि निर्णयमा पुगि नसकेको उक्त समूहका एक नेताले बताएका छन् ।

यो पनि पढ्नुहोस्

केपी ओलीले ज्ञानेन्द्रकै जस्तै ‘कू’ गरेका छन् : माधव नेपाल

वामदेवले जति बालुवा पेले पनि तेल निस्कँदैन : माधव नेपाल

जबज छोड्ने पहिलो नेता केपी ओली नै हुन् : अध्यक्ष प्रचण्ड

प्रचण्डको रोइलो : सूर्य चिन्ह हामीले नपाए यो देशमा ‘कयामत’ आउनेछ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !