१२ बैशाख २०८१, बुधबार

केपी ओलीले ज्ञानेन्द्रकै जस्तै ‘कू’ गरेका छन् : माधव नेपाल


माधव नेपाल फाइल फोटो

काठमाडौं । अनौपचारिक रुपमा विभाजन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड-नेपाल समूहका अर्का अध्यक्ष माधव नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहले जस्तै ‘कू’ गरेको बताएका छन् । आज बुधबार प्रचण्ड-माधव समूहको काठमाडौं जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालले सो कुरा बताएका हुन् ।

यो पनि पढ्नुहोस् : वामदेवले जति बालुवा पेले पनि तेल निस्कँदैन : माधव नेपाल

विधि स्थापित हुनुपर्ने ठाउँमा व्यक्तिवादमा ओली हावी भएकोले समस्या आएको उनको भनाई राख्दै उनले आफूहरु ओलीको अनुहार हेरेर राजनीतिमा नलागेको भन्दै कम्युनिष्ट सिद्धान्तप्रति आस्थावान भइरहने बताएका छन् ।

ओलीले हठात् प्रतिनिधिसभा विघटन गरेकोले आफूहरु एक भएर अघि बढेको नेपालले बताउदै संविधानमाथि हमला गरिएकोले आफूहरु आन्दोलनमा जान बाध्य भएको उनको भनाई रहेको छ । ओलीको ‘कू’ पूर्व राजा ज्ञानेन्द्रको जस्तै भएको अध्यक्ष नेपालले बताएका हुन् ।

यो पनि पढ्नुहोस्

माधव पहिलो अध्यक्ष म दोस्रो : अध्यक्ष प्रचण्ड

जबज छोड्ने पहिलो नेता केपी ओली नै हुन् : अध्यक्ष प्रचण्ड

प्रचण्डको रोइलो : सूर्य चिन्ह हामीले नपाए यो देशमा ‘कयामत’ आउनेछ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु