२४ बैशाख २०८१, सोमबार

पार्टीमा अल्पमतमा परेपछि प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्थ्यो : वामदेव गौतम


वामदेव गौतम

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकता जोगाउने अन्तिम अवसर गुमाएको टिप्पणी गरेका छन् । बिहीबार राष्ट्रियसभा बैठकलाई सम्बोधन गर्दै उपाध्यक्ष गौतमले पार्टीका नेताहरुले आफूविरुद्ध अविश्वासको प्रस्ताव लगिँदैछ भन्ने थाहा पाएपछि प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताए ।

उपाध्यक्ष गौतमले अविश्वासको प्रस्ताव लैजाने बेला आफूलाई नसोधिएको गुनासो समेत गरे । उपाध्यक्ष गौतमले प्रतिनिधिसभा भंग गर्दा आफूलाई नसोधिएको गुनासो गरे । पार्टीमा अल्पमतमा परेपछि राजीनामा दिनुपर्नेमा प्रधानमन्त्रीले संसद भंग गरेको उपाध्यक्ष गौतमले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !