४ जेष्ठ २०८१, शुक्रबार

ओली र प्रचण्डलाई निर्वाचन आयोगको चिठी : प्रचण्डलाई ७ दिने म्याद, कसले पाउला आधिकारिकता ?


केपी ओली, प्रचण्ड र निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले केपी शर्मा ओली र प्रचण्ड-नेपाल समूहलाई छुट्टा-छुट्टै पत्र पठाएको छ । संसद विघटनसँगै विभाजित नेकपाको आधिकारिकता विवादमा प्रचण्ड-नेपाल समूहका अध्यक्ष प्रचण्डलाई सात दिने म्याद दिइएको छ । तर ओलीलाई कुनै म्याद नतोकी जानकारी मात्र दिइएको छ ।

राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४४ अनुसार आए मात्र परिच्छेद-९ अनुसार कारबाही गर्न सकिने र प्रक्रिया प्रारम्भ गर्ने सम्बन्धमा ७ दिनभित्र आयोगलाई जवाफ दिएर सहयोग गर्न आयोगले प्रचण्डलाई जानकारी गराएको छ । ओलीलाई पठाइएको पत्रमा राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४३ बारे जानकारी गराउने आयोगको निर्णय भएको उल्लेख मात्र गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !