२३ बैशाख २०८१, आइतबार

प्रधानमन्त्रीलाई प्रतिनिधि सभाको विघटन गर्ने अधिकार छैन : सभामुख सापकोटा


अग्नि सापकोटा महिला संसदसँग

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद विघटन गर्ने अधिकार नभएको बताएका छन । साथै उनले अहिलेकै अवस्थामा संसद विघटन हुन नसक्ने भन्दै संविधानको रक्षाका लागि आफूले खेल्नुपर्ने भूमिकाबारे सबै पक्षसँग परामर्श लिइरहेको बताएका छन् ।

आज बिहीवार ४ राजनीतिक दल आबद्ध महिला संगठन र सांसदहरुको ज्ञापनपत्र पत्र बुझ्दै सभामुख सापकोटाले सो कुरा बताएका हुन् । नेकपा (प्रचण्ड-नेपाल) समूहको अखिल नेपाल महिला संघ, नेपाली कांग्रेस सम्बद्ध नेपाल महिला संघ, जनता समाजवादी सम्बद्ध समाजवादी महिला संघ र विवेकशिल साझा पार्टी सम्बद्ध विवेकशील साझा महिलाको संयुक्त ज्ञापनपत्र बुझ्दै सभामुख सापकोटाले सो धारणा व्यक्त गरेका हुन् ।

ध्यानाकर्षण पत्र बुझेपछि सभामुख सापकोटाले संविधानले यहि परिस्थितिमा प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार नदिएको स्पष्ट पार्दै यसअघि पुस ८ गते वक्तव्य मार्फत आफ्नो आधिकारीक धारणा सार्वजनिक गरिसकेको समेत स्मरण गराए ।

उनले संविधानको रक्षा र देश र जनताको अधिकतम हितमा आफू सधैँ समर्पित रहने प्रतिवद्धता व्यक्त गरेको सभामुखको सचिवालयले जनाएको छ । उनले आफूले यस सन्दर्भमा राष्टका समग्र पक्षसंग बृहत, विहंगम, व्यापक, राय, सल्लाह, सुझाव लिदै परामर्श गरिरहेको जानकारी गराए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !