५ जेष्ठ २०८१, शनिबार

४ दिने भ्रमण सकेर हिमालय एयरलाइन्समा फर्कियो चिनियाँ टोली


हिमालय एयरलाइन्स

काठमाडौँ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा विभाजन देखिएपछि मिलाउन ४ दिनअघि नेपाल आएको आएको चिनियाँ कम्युनिष्ट पार्टीको उच्चस्तरीय प्रतिनिधिमण्डल भ्रमण सकेर स्वदेश फर्केको छ । विदेश विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको बुधबार बिहान स्वदेश फर्किएको हो ।

आज बुधबार बिहान पौने ९ बजे हिमालय एयरलाइन्सको नियमित उडानमा टोली फर्किएको स्रोतले बताएको छ । काठमाडौं आउँदा टोली एयर चाइनाको चार्टर्ड विमानमा आएको थियो । आइतबार काठमाडौं आएपछि नै चिनियाँ टोलीले राजनीतिक भेटघाट सुरू गरेको थियो ।

सो टोलीले नेपाल भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका नेताहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा, जसपाका नेता डा. बाबुराम भट्टराई लगायतसँग भेटवार्ता गरेको थियो ।

नेकपाका नेताहरूसँगको भेटमा चिनियाँ टोलीले अझै पनि कतै मिल्ने ठाउँ भए तपाईंहरू मिल्नुस् भन्ने सुझाव दिएको बताइएको छ । नेता येचौ २०७४ फागुनमा पनि नेपाल भ्रमणमा आएको ३ महिनापछि तत्कालीन एमाले र तत्कालीन माओवादी केन्द्रबीच पार्टी एकीकरण भएको थियो ।

तत्कालिन एमाले र माओवादीलाई एकता गराउने येचौ नेपाल आएर फर्किसकेतापनि के फेरि उनले गरेको प्रयासले नेकपा विभाजन रोकिएला त भनेर नेपाली राजनीतिक वृत्तमा विशेष बढेको चासोको प्रतिक्षा भने गर्न बाँकी छ ।

यो पनि पढ्नुहोस्

एमाले र माओवादीलाई एकता गराउने येचौ आइपुगे नेपाल : रोक्लान् त नेकपा विभाजन ?

किन आइतबार आउदैछ चिनियाँ कम्युनिष्ट पार्टीको टोली नेपाल ?

नेकपा विभाजनबारे चीनको गम्भीर चासो : के जोगाउला त विभाजन ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !