२१ बैशाख २०८१, शुक्रबार

एमाले र माओवादीलाई एकता गराउने येचौ आइपुगे नेपाल : रोक्लान् त नेकपा विभाजन ?


काठमाडौँ । चिनियाँ कम्युनिष्ट पार्टी, केन्द्रिय कमिटी, अन्तर्राष्ट्रिय विभाग उपमन्त्री गुओ येचौको नेतृत्वमा पार्टी अन्तर्राष्ट्रिय विभाग महानिर्देशक छुइ यान लगायतको ४ सदस्यीय टोली एयर चाइनाको चार्टर्ड विमानबाट नेपाल आइपुगेको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अनौपचारिक रुपमा विभाजन भएसँगै चिनियाँ उच्च अधिकारीको नेपाल भ्रमणमा आएको हो ।

चिनियाँ टोलीको भ्रमणबारे विस्तृतमा जानकारी नदिइएपनि चिनियाँ प्रतिनिधिमण्डल नेपालमा ४ दिन रहनेछ र नेपाल बसाइको क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल लगायतसँग भेटवार्ता गर्ने बुझिएको छ ।

नेता येचौ २०७४ फागुनमा पनि नेपाल भ्रमणमा आएको ३ महिनापछि तत्कालीन एमाले र तत्कालीन माओवादी केन्द्रबीच पार्टी एकीकरण भएको थियो । तत्कालिन एमाले र माओवादीलाई एकता गराउने येचौ नेपाल आएपछि के फेरि उनले नेकपा विभाजन रोक्लान् त भनेर नेपाली राजनीतिक वृत्तमा विशेष चासो बढेको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीको टोली नेपाल आइपुग्यो : रोक्ला त नेकपा विभाजन ?

नेपालमा राजनीतिक संकट गहिरिँदै गएका बेला उत्तरी चीनका अधिकारीहरूले नेपालको भ्रमण गर्न लाग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।  तर चीनले चीनले संसद विघटन र नेकपामा आएको फुटबारे औपचारिक प्रतिक्रिया नदिएतापनि चिनियाँ सरकारी सञ्चार माध्यममा प्रकाशित समाचारहरुले भने पछिल्लो घटनाक्रमप्रति चीन खुसी नभएको बुझिएको छ ।

नेकपा विभाजन भएपछि उत्तरी छिमेकी चीनको गम्भीर चासोका साथ सक्रियता बढेको छ । गत महिना चिनियाँ रक्षामन्त्री वेई फेङ्हेले नेपाल भ्रमण गरेका थिए । तत्कालिन नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच भाइचारा सम्बन्ध स्थापना हुनुका साथै समय-समयमा चिनियाँ कम्युनिष्ट पार्टी र नेकपाबीच प्रशिक्षण कार्यक्रमहरु पनि हुने गर्थे । नेपालको सत्तारुढ दल नेकपामा विभाजन आएपछि चीन झन् सक्रिय भएको हो ।

राजनीतिक वृत्तमा चीनको सक्रियतालाई शंकाको दृष्टिले हेरिँदै आएकोमा यो पटक फेरि बेइजिङबाटै उच्च अधिकारीहरु आउनुलाई विशेष चासोका साथ हेरिएको छ । पछिल्लो समय नेपाललाई प्राथमिकतामा राखेर चासो दिइरहेको चीन दुवैलाई नेकपा विभाजन एउटा अप्रत्याशित घटना भएकोमा चीनले नेपालको पछिल्लो घटनाक्रमलाई नजिकबाट हेरिरहेको प्रष्ट देखिन्छ ।

छिमेकी देश चीनले भने फुट आएका यी दुई समूहबीच पुनः एकताको सम्भावना कति छ भन्ने बुझ्न थालेको छ । नेकपा विभाजन भएलगत्तै नेपालका लागि चिनियाँ राजदूत यान्छी यिनै प्रश्न बोकेर नेताहरुसँगको भेटघाट बाक्लो पारेकी छिन् । नेकपा विभाजन भएपछि विकसित राजनीतिक घटनाक्रम बुझ्न सक्रियता बढाएकी राजदूत यान्छीले नेताहरुसँगको भेटमा पुन: नेकपा एकताको सम्भावनाबारे चासो राखेको नेताहरुले बताएका छन् ।

नेकपा विभाजनबारे चीनको गम्भीर चासो बढेर चिनियाँ राजदूत यान्छीको सक्रियता बढिरहेको बेला बेइजिङबाट अर्को उच्चस्तरीय टोली आउन लाग्नुले के नेकपा विभाजन जोगाउला त भन्ने चासो बढेको छ । राजनीतिक विश्लेषकका अनुसार विभाजन जोगाउने सम्भावना एकदम न्यून भएतापनि पूरै नसकिसकेको बताउछन् किनकी राजनीतिमा स्वार्थ मिल्यो भने कस्ता-कस्ता असम्भव कुरा पनि सम्भव नेपालमा हुने गरेका छन् ।

यो पनि पढ्नुहोस्

किन आइतबार आउदैछ चिनियाँ कम्युनिष्ट पार्टीको टोली नेपाल ?

नेकपा विभाजनबारे चीनको गम्भीर चासो : के जोगाउला त विभाजन ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !