२१ बैशाख २०८१, शुक्रबार

संसद विघटनको कदम राष्ट्रघाती : देव गुरुङ


देव गुरुङ फाइल फोटो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड–नेपाल समूहका नेता देव गुरुङले नेपाललाई विदेशी सेनाको क्रिडास्थल बनाउन संसद विघटन गराइएको आरोप लगाएका छन् । पोखरामा सोमबार बिहान आयोजित पत्रकार सम्मेलनमा नेता गुरुङले संसद विघटनको कदम राष्ट्रघाती भएको बताएका हुन् ।

“संसद रहँदासम्म, संघीय संसद रहँदासम्म विदेशी सैनिकहरुले यहाँ मार्चपास गर्न सक्दैन, विदेशी सैनिक प्रवेश गर्न सक्दैन, हस्तक्षेप गर्न सक्दैन र यो संसदले रोक्ने छ, त्यसकारण विदेशी सैनिक प्रवेश गराउन यो संसद भंग गराउन अनिवार्य छ । यही काम ओली सरकारले गर्यो ।” नेता गुरुङले भने ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !