१४ बैशाख २०८१, शुक्रबार

गण्डकीका मुख्यमन्त्री गुरुङविरुद्ध अविश्‍वास प्रस्ताव ल्याउने तयारी, के जाला त मुख्यमन्त्रीको पद ?


पृथ्वीसुब्बा गुरुङ फाइल फोटो

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्‍वास प्रस्ताव ल्याउने नेकपाको प्रचण्ड-नेपाल समूहले तयारी गरेको छ । गण्डकी प्रदेशमा पनि नयाँ सरकार गठन गर्ने कसरतमा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याई नयाँ सरकार गठन गर्न प्रतिपक्षी दलहरूसँग छलफल शुरु गरेका हुन् ।

गण्डकीमा ओली समूहका २७ जना, प्रचण्ड-नेपाल समूहका १३ जना, नेपाली कांग्रेसका १५ जना, राष्ट्रिय जनमोर्चाका ३ जना र जनता समाजवादी पार्टीका २ जना गरी ६० जना सांसदहरु रहेका छन् । जनमोर्चाले साथ दिँदा ओली समूहका मुख्यमन्त्री गुरुङको नेतृत्वमा ३० जना सांसद हुनेछन् ।

अविश्वासको प्रस्ताव दर्ता गराउन एक चौथाइ सांसद संख्या चाहिएतापनि जनमोर्चाको साथ पाएपछि ओली समूह नै बलियो देखिएको छ । गण्डकी प्रदेश सरकारलाई राष्ट्रिय जनमोर्चाको समर्थन यथावत रहने भएपछि गुरुङ नेतृत्वको सरकार यथावत रहने सम्भावना पनि देखिएको छ ।

उनका अनुसार प्रचण्ड-नेपाल समूहका सांसदको भेला आज सोमबार डाकिएको छ । हिजो शनिबार भएको दाहाल–नेपाल समूहको प्रदेशस्तरीय बैठक भने यस विषयमा टुंगोमा पुग्न सकेको छैन  । यसअघि प्रचण्ड-नेपाल समूहको नेकपाले वाग्मती र प्रदेश १ मा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिसकेका छन् ।

‘लहरो तान्दा पहरो थर्कन्छ’ भनेझैँ केन्द्रमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई समूहमा विभाजन भएसँगै प्रदेशहरुमा पनि त्यसको असर देखिन थालेको छ ।

यो पनि पढ्नुहोस्

शंकर पोखरेलको मुख्यमन्त्री पद पनि संकटमा, अव के होला ?

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

प्रदेश १ का ३ जना मन्त्रीद्वारा राजीनामा, मुख्यमन्त्रीले गुमाए संसदीय दलमा बहुमत

प्रदेश १ का मुख्यमन्त्री राईले किन गरे अर्थमन्त्री आङबोलाई बर्खास्त ?

मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !