६ बैशाख २०८१, बिहिबार

शंकर पोखरेलको मुख्यमन्त्री पद पनि संकटमा, अव के होला ?


शंकर पोखरेल

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको पद पनि संकटमा पर्ने देखिएको छ । ‘लहरो तान्दा पहरो थर्कन्छ’ भनेझैँ केन्द्रमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई समूहमा विभाजन भएसँगै प्रदेशहरुमा पनि त्यसको असर देखिन थालेको छ ।

लुम्बिनी प्रदेशमा पनि स्वाभाविक रुपमा सरकार जोगाउने र ढाल्ने चलखेल हुन थालेको बुझिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका निकट लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेल नेकपाकै प्रचण्ड-नेपाल समूहले प्रदेश सरकारको साथ छोडेको अवस्थामा मुख्यमन्त्री पोखरेललाई आफ्नो नेतृत्वको सरकार जोगाउन संकट पर्ने देखिएको हो ।

सरकार अल्पमतमा पर्ने अवस्थालाई मध्यनजर गर्दै सत्ता समीकरणका लागि अनौपचारिक रुपमा छलफल चलेतापनि केन्द्रमा सत्तारुढ दलभित्र देखिएको ध्रुवीकरणले लुम्बिनी प्रदेश सरकारलाई छिटा पर्न सक्ने विश्लेषण गर्न थालिएको छ ।

बागमती प्रदेशमा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएसँगै अन्य प्रदेशमा पनि आ-आफ्नै ढंगले सरकार फेरबदलको तयारी भइरहेको छ । आज बिहान मात्र प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

प्रदेशसभा सचिवालयमा दर्ता भएको अविश्वास प्रस्तावमा ३६ सांसदको हस्ताक्षर रहेको छ । निवर्तमान अर्थमन्त्री तथा प्रदेशसभा सदस्य इन्द्रबहादुर आङ्बोको अगुवाइमा भीम आचार्यलाई मुख्यमन्त्रीको उम्मेदवार प्रस्ताव गर्दै प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गरिएको हो ।

यो पनि पढ्नुहोस्

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

प्रदेश १ का ३ जना मन्त्रीद्वारा राजीनामा, मुख्यमन्त्रीले गुमाए संसदीय दलमा बहुमत

प्रदेश १ का मुख्यमन्त्री राईले किन गरे अर्थमन्त्री आङबोलाई बर्खास्त ?

मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !