२३ बैशाख २०८१, आइतबार

प्रचण्डले राप्रपाकै जस्तो नियति भोग्नु नपरोस् : अध्यक्ष थापा


प्रचण्ड र कमल थापा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले पार्टी विभाजनको घटना स्मरण गर्दै आफ्नो जस्तो नियति प्रचण्डले भोग्नु नपरोस् भनेर कामना छन्। आज शनिबार बिहान ट्वीटरमा लेख्दै उनले राप्रपा विभाजनका बेला तत्कालीन प्रधानमन्त्री प्रचण्डको प्रत्यक्ष दबाब र प्रभावमा त्यसबेला सनाखत कानुन विपरीत निर्वाचन आयोगले राप्रपा विभाजन घोषणा गरेको उल्लेख गर्दै प्रचण्डले त्यहीँ नियति भोग्नु नपरोस् भनेका छन् ।

साथै उनले ट्वीटरमा लगतै अर्को पोष्ट गर्दै २०६३ सालपछि नेपाली काँग्रेस र कम्युनिष्टले न्यायपालिका लगायत सम्पूर्ण राज्य संयन्त्रमा भागवण्डा गरेर पार्टी निकट व्यक्तिहरू भर्ती गरेकोले अपवाद बाहेक न्याय दुर्लभ भएको छ । अरूलाई ख्वाउन पालेको बाघले एकदिन आफैलाई खानसक्छ भने चेतना सडकको चिसो भुइँमा बसेका प्रचण्ड र नेपाललाई भएकै होला भनेर कडा शव्दमा व्यंग गरेका छन् ।

https://twitter.com/KTnepal/status/1342657360985161728


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !