२६ बैशाख २०८१, बुधबार

प्रचण्ड–माधव समूहले गर्यो ओलीविरुद्ध आन्दोलनको कार्यक्रम घोषणा (तालिकासहित)


प्रचण्ड-नेपाल समूह

काठमाडौँ । नेकपाको प्रचण्ड-माधव नेपाल पक्षको केन्द्रीय समिति बैठकले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । बिहीबार बसेको बैठकले प्रधानमन्त्री ओलीको कदमविरुद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।

प्रचण्ड–नेपाल पक्षका सबै केन्द्रीय कमिटी सदस्य पुस १० गते बिहान १० बजे माइतीघरमण्डलामा उपस्थित हुने र प्रदर्शन गर्ने तय भएको छ । त्यसपछि सोही टोली निर्वाचन आयोगमा जाने तय भएको स्रोतले बतायो ।

११ गते सातै प्रदेशका कमिटीको बैठक आयोजना गर्ने, १२ गते ७७ जिल्लामा जिल्लास्तरीय भेला आयोजना गर्ने, पुस १४ गते राजधानी र सबै जिल्लामा विरोध प्रदर्शन आयोजना, राजधानीमा थप सशक्त प्रदर्शन, पुस २० गते सम्म सबै नगर, गाउँ पालिकामा पार्टीको बैठक र भेला हुने छ भने २५ गतेसम्म सबै वडास्तरमा पार्टीका बैठक र भेला आयोजना गर्ने भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !