४ जेष्ठ २०८१, शुक्रबार

उपाध्यक्षभन्दा मन दुखाउलान् भनेर मात्र प्रचण्डलाई अध्यक्ष दिएको भन्दै ओलीले भने, “ताजा जनादेश मेरो रहर होइन”


केपी शर्मा ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ताजा जनादेशमा जाने आफ्नो रहर नभएको बताएका छन् । आफू निकट संघीय सांसदहरुलाई बालुवाटारमा बोलाएर सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टीभित्र आफूलाई घेराबन्दी गर्ने, देशी विदेशी शक्तिसँग मिलेर षड्यन्त्र गर्ने र सरकारलाई काम गर्न नदिने खेल भएपछि नयाँ जनादेशको निर्णय लिएको बताए ।

उक्त छलफलमा प्रधानमन्त्री ओलीले भने, ‘नचाहँदा नचाहँदै पनि यस्तो निर्णय गर्न बाध्य बनाइयो । पार्टी सहमतिका आधारमा अगाडि बढ्नुपर्नेमा अल्पमत र बहुमतको खेलमा लागेको छ । अल्पमत बहुमतको खेलमा लागेर अविश्वासको प्रस्ताव दर्ता गर्ने खेलमा लाग्नुभयो ।’

उपाध्यक्षभन्दा मन दुखाउलान् भनेर मात्र प्रचण्डलाई अध्यक्ष दिएको भन्दै ओलीले भनेका थिए, ‘अहिले ६० प्रतिशत भएको एमालेको अध्यक्षलाई कारबाही गरेर राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा जग हसाउने प्रहसन गर्दै हुनुहुन्छ ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !