१३ जेष्ठ २०८१, आइतबार

सरकारमा बसिरहने मेरो रहर होइन : प्रधानमन्त्री देउवा


sher bahadur deuwa

३० पुस, कैलाली । प्रधानमन्त्री शेरवहादुर देउवाले सरकारमा बसिरहने आफ्नो रहर नभएको बताएका छन् । प्रतिनिधिसभाले पूर्णता नै नपाएको भन्दै उनले राष्ट्रियसभा निर्वाचन गराउनु आफ्नो बाध्यता भएको बतए । आइतबार कैलालीको गोदावरीमा वाह्र राशी मकर मेलाको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले भने, ‘बहुमत ल्याउनुस्, सरकार बनाउनुस् । कसले रोकेको छ ?’

राजनीतिक कुरा बोल्न योजना नभएपनि पूर्ववक्ताले धेरै कुरा बोलेपछि बोल्नु पर्ने बाध्य भएको बताए । उनी अघि बोलेका कैलाली ५ का सांसद एमाले नेता नारादमुनी रानाले सरकार गठनका लागि मार्गप्रशस्त गर्न आग्रह गरेका थिए ।

रानाको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै देउवाले भने, ‘सरकारमा बस्ने रहर छैन, कतिपल्ट भनिसकेको छु ।’ प्रधानमन्त्री देउवाले तीन दिन भित्रै सात वटै प्रदेशका प्रमुख र अस्थायी मुकाम तोकिने बताए । दलीय सहमतिको प्रयास गर्दा ढिलाइ भएको उनले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !