१५ बैशाख २०८१, शनिबार

अबको तीन दिनमै प्रदेश प्रमुख तोक्ने: प्रधानमन्त्री देउवा


pradhanmantri sher bahadur deuwa

३० पुस, धनगढी । प्रदेश र प्रमुख राजधानी तिन दिनभित्रै तोक्ने प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् । प्रधानमन्त्री देउवाले कैलालीको गोदावरीमा वाह् राशी मकर मेलाको उद्घाटन गर्दै अहिलेसम्म दलीय सहमतिको प्रयास गर्दा प्रदेश प्रमुख र राजधानी तोक्न ढिलाइ भएको बताए ।

प्रधानमन्त्रीले भने, ‘अब सहमति भएपनि नभएपनि तीन दिनभित्र प्रदेश प्रमुख र राजधानी सरकारले तोक्ने छ ’। निर्वाचनमा कसैको बहुमत आएको छैन, संसद गठन भएको छैन कसलाई सत्ता सुम्पने ? प्रधानमन्त्री देउवाले भने ‘कानुनी प्रक्रिया, संविधानको दायरा केही नबुझीकन सत्ता हस्तान्तरणको राग मात्र अलापेर हुँदैन’। ‘को हो प्रधानमन्त्री हुने ? कानुनसम्मत रुपमा अगाडि आउनु पऱ्यो म एक मिनेटमै सत्ता छोड्न तयार छु’ देउवाले भने ।

राष्ट्रियसभा निर्वाचन छि संसदले पूर्णता पाउने भएकाले त्यसपछि मात्र नयाँ सरकार गठन हुने देउवाले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !