८ पुस २०८१, सोमबार

देउवा र सापकोटा बिना नै बालुवाटारमा संवैधानिक परिषद्को बैठक जारी, के होला निर्णय ?


संवैधानिक परिषद्को बैठक

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा आज मंगलबार साँझ संवैधानिक परिषद्को बैठक जारी रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले नयाँ अध्यादेश अनुसार परिषद्को बैठक सुरु भएको जानकारी दिएका छन् ।

उक्त बैठकमा परिषद् अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली र सदस्यहरुमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना उपस्थित भएका छन् भने परिषद् अन्य सदस्यहरु सभामुख अग्नि सापकोटा र प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता शेर बहादुर देउवा भने अनुपस्थित रहेका छन् ।

आज दिउसो राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधान बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकारी र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७७ जारी गरेकी छिन् ।

संविधानको धारा, ११४ को उपधारा (१) बमोजिम मन्त्रीपरिषद्को सिफारिसमा आज सो अध्यादेश जारी गरिएसँगै सभामुखबिनै संवैधानिक परिषद्को बैठक बस्न मिल्ने भएको हो । संवैधानिक परिषद्‍को बैठकमा प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटा नगएपछि गणपूरक संख्या नपुगेपछि आज मंगलबार बिहान ९ बजे बोलाइएको परिषद् बैठक स्थगित भएको थियो ।

नयाँ अध्यादेश अनुसार प्रधानमन्त्रीसहित ३ जना सदस्य उपस्थित भएमा परिषदको बैठकका लागि गणपूरक संख्या पुगेको मानिनेछ र ३ जना सहमत भएमा निर्णय पनि गर्न सक्नेछ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, मानव अधिकार आयोग लगायत विभिन्न संवैधानिक आयोगमा ४५ सिटमा नियुक्तिका लागि परिषद्को बैठक बस्न बसेको हो ।

परिषद् बसिरहेको बैठकमा दुई जना सदस्यहरु सभामुख अग्नि सापकोटा र प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता शेर बहादुर देउवा अनुपस्थित भएपछि अव उक्त बैठकले के कस्तो निर्णय गर्ला भन्ने चासो राजनीतिक वृत्त र नागरिक समाजमा रहेको छ ।

यो पनि पढ्नुहोस्

राष्ट्रपतिसंगको साठगाँठमा अध्यादेश जारी गरेको गगन थापाको आरोप

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश तुरुन्त खारेज गर्नुपर्ने प्रचण्डको माग

सभामुख सापकोटा अनुपस्थितिका कारण ओलीले ल्यायो यस्तो कडा संवैधानिक परिषदसम्‍बन्धी अध्यादेश

राष्ट्रपतिद्वारा संवैधानिक परिषद्‍ सम्बन्धी नयाँ अध्यादेश जारी, सभामुखबिनै बैठक बस्न सक्ने

संवैधानिक परिषद्को बैठकमा सभामुख सापकोटा नजाने : अव के गर्लान् प्रधानमन्त्री ओलीले ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !