२१ बैशाख २०८१, शुक्रबार

नेकपामा विवाद चर्कियो, प्रधानमन्त्रीले मागे नेकपा प्रमुख सचेतक देब गुरुङको राजीनामा


केपी शर्मा ओली र देव गुरुङ

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टीको संसदीय दलका प्रमुख सचेतक देव गुरुङको राजीनामा मागेका छन् ।

आफूलाई असहयोग गरेको भन्दै नेकपा संसदीय दलका नेता समेत रहेका प्रधानमन्त्री ओलीले गुरुङको राजीनामा मागेका हुन् । प्रधानमन्त्री ओलीले केही दिनअघि गुरूङलाई बालुवाटार बोलाएर राजीनामा मागेको स्रोतले बताएको छ ।

साथै गुरुङले फरक विचारलाई प्रधानमन्त्री ओलीले निषेध गरेर सर्वसत्तावादी तरिकाले अघि बढ्न खोजेको आरोप लगाएका छन् । स्थायी समिति सदस्य गुरुङ नेकपा एकीकरणपछि माओवादी कोटाबाट प्रमुख सचेतक भएका थिए ।

गुरुङले भने पार्टीभित्र बहस र छलफल भएको विषयमा आफूले पनि धारणा राख्नु स्वभाविक भएको भन्दै राजीनामा दिन आवश्यक नदेखेको जवाफ दिएका थिए । पार्टीमा छलफल गर्नुको साटो संवैधानिक परिषद्को बैठक बोलाउने, गुरुङलाई हटाउने जस्ता प्रयास गरेकोमा प्रचण्डले त्यसको प्रतिवाद गर्दै असन्तुष्टि प्रकट गरेको प्रचण्ड निकट स्रोतले बताएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !