२२ बैशाख २०८१, शनिबार

विनाविभागीय मन्त्रीको पारिश्रमिक लिन्नँ: पोखरेल


गिरिराजमणि पोखरेल

२८ पुस काठमाण्डौ । प्रधानमन्त्रीलाई सरकार छाडेको पत्र बुझाएपछि माओवादी नेता गिरिराजमणि पोखरेलले घोषणा गरे-‘विनाविभागीय मन्त्री हुँदाको पारिश्रमिक लिन्नँ ।’ पोखरेल आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाएको पार्टी अध्यक्ष प्रचण्डको पत्र लिएर प्रधानमन्त्री कार्यालय पुगेका थिए । माओवादीका मन्त्रीहरु ८६ दिन विना विभागीय भए ।

एमाले र माओवादीले वाम गठबन्धन बनाएपछि प्रधानमन्त्री देउवाले माओवादी मन्त्रीहरुलाई विनाविभागीय बनाएका थिए । देउवाले ३१ असोजमा नै नौ मन्त्री र ७ राज्यमन्त्रीको जिम्मेवारी खोसेर विना विभागीय बनाएका थिए ।

पार्टीको तर्फवाट सरकारमा नेतृत्व गरेका उपप्रधानमन्त्री कृष्णबहादुर महरालाई पनि विनाविभागीय हुँदाको पारिश्रमिक नलिने प्रस्ताव आफूले राखेको उनले सुनाए । पोखरेलले भने, ‘यसमा प्रभाकरजी पनि सकारात्मक हुनुहुन्छ ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !