१४ बैशाख २०८१, शुक्रबार

आन्दोलनमा विदेशीको समर्थन खोज्दै मधेसी मोर्चा


Madeshi-Morcha-Meeting

९ वैशाख, काठमाडौं । आन्दोलनमा विदेशीको समर्थन जुटाउन मधेसी दलले आज नेपालस्थित विदेशी कुटनीतिक नियोगका प्रतिनिधिसँग छलफल गर्दै छन् ।

आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने तयारीमा रहका मधेसवादी दलहरुले विदेशी कुटनीतिक प्रतिनिधिको बिचार बुझ्न लागेका हुन् ।

आज होटल र्‍याडिसनमा छलफल आयोजना गरेको मोर्चाले आफ्ना माग र आन्दोलनबारे कूटनीतिज्ञहरुलाई प्रस्ट पारिने कार्यक्रम रहेको जनाएको हो । संघीय समाजवादी फोरमा अध्यक्ष उपेन्द्र यादवले नेपालको अहिलेको परिस्थितिबारे छलफल गर्ने गरी भेटघाट तय गरिएको जानकारी दिए ।

यसअघि १९ चैतमा बसेको मोर्चाको बैठकले ६ वैशाखमा अन्तक्रिया कार्यक्रम गर्ने र ९ वैशाखमा विदेशी नियोगका प्रतिनिधिसँग छलफल गर्ने निर्णय गरेकेा थियो ।

आज कूटनीतिक नियोगका प्रतिनिधिसँग भेट गरेपछि मात्र आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने तयारी मधेसी मोर्चा र संघीय गठबन्धनको छ ।

मधेसी दलहरुले अर्को साताबाट सुरु गर्ने भनिएको आन्दोलन जिल्ला र क्षेत्र केन्द्रीत हुने भएको छ । आन्दोलनको स्वरुप कस्तो हुने भन्नेबारे उनीहरुले निर्णय गरेका छैनन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !