२४ बैशाख २०८१, सोमबार

आफू हारेर पार्टीलाई जिताऊ : जनार्दन शर्मा


जनार्दन शर्मा

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटीका सदस्य तथा पूर्वमन्त्री जनार्दन शर्मा प्रभाकरले आफू हारेर पनि पाटीलाई जिताउन शीर्ष नेताहरुलाई सामाजिक संजाल ट्वीटरमा लेख्दै आग्रह गरेका छन् ।

नेकपा सचिवालय बैठक बस्नुअघि ट्वीट गर्दै नेता शर्माले भने, ‘आफू हारेर पार्टीलाई जिताऊ, अनि भन म नेता हुँ ।’ शर्माले नेता बन्न आफैभित्रको इमान नापेर हेर्न समेत शीर्ष नेताहरुलाई आग्रह गरेका छन् । उनले पार्टी एकता रक्षाका दुवै प्रतिवेदन स्थगित गरी एकिकृत प्रतिवेदन बनाउने दिशामा सचिवालयको बैठक अग्रसर होस् भनेका छन् ।

उनले ट्वीटरमा लेखेका छन्, ‘आफूलाई नेता हुँ भन्नेले सर्वप्रथम आफैभित्रको इमान नापेर हेर । संस्थागत मूल्य बोध गर । सिद्धान्त बिधि पद्धतिलाई व्यवहारमा लागू गरेर प्रमाणित गर । अनि आफू हारेर पार्टीलाई बचाएर भन म नेता हुँ। त्यसो भए बिधिले जित्ने छ । यसपटक विधिले जित्यो भने राष्ट्र,वर्ग र जनताको जीत हुनेछ । अन्यथा…’

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !